पाेखरा, चैत १६ गते ।पाेखरामा केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता हुनेभएको छ ।मदन भण्डारी स्पोर्टस् एकेडेमीकाे आयाेजनामा “सबैका लागि खेलकुद नाराका साथ यही चैत २३ देखि ३० गतेसम्म पाेखरामा केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।
पाेखरा रंगशालाकाे क्रिकेट मैदानमा संचालन हुने प्रतियाेगितामा ७ प्रदेश सहित १६ टिमको सहभागिता रहने मदन भण्डारी स्पाेर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयाे ।
प्रतियाेगितामा विजेताले १० लाख,द्वितीयले ५ लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष आचार्यले बताउनुभयाे । प्रतियाेगितामा म्यान अफ द सिरिजले ३० हजार, बेष्ट व्याट्सम्यानले २० हजार र म्यान अफ द म्याचले पाँच हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियाेगितामा एक कराेड ३० लाख ७७ हजार सतहत्तर हजार तीन सय रूपैयाँ खर्च हुने अनुमान गरिएको हुने अनुमान आयाेजककाे छ ।