तेक्वान्दोमा ९ डान प्राप्त तुलसी गुरुङलाई गृह जिल्ला पोखरामा सम्मान

पोखरा, चैत २९ गते । तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने ९ डान प्राप्त गरेका तुलसी गुरुङलाई गृह जिल्ला पोखरामा भब्य सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार सम्मान गरेको हो । गुरुङ तेक्वान्दो संघ गण्डकी प्रदेशका सल्लाहाकार समेत हुन् । नेपालको तेक्वान्दो खेल विधामा ऐतिहासिक ९ औँ डान उच्च उपाधि प्राप्त गर्न सफल भएको भन्दै सम्मानपत्रले सम्मान गरिएको हो । नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोख्ररेल, गण्डकी पदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ लगायतले सम्मान गरे ।

सम्मान ग्रहणपछि बोल्दै तुलसी गुरुङले आफुलाई सम्मान गरेकोमा गण्डकी तेक्वान्दो संघलाई धन्यबाद दिदै आफनो मात्रै प्रयासले सम्भव नभएको बताउदै परिवार, समाज, खेलाडी सबैको सहयोग र साथ रहेको बताए । अन्तिम लक्ष्यमा पुग्न प्रतिबद्धता र आत्मविश्वास महत्वपूर्ण हुन्छ उनले भने,“जुन लक्ष्यमा पुुग्न प्रतिबद्धता, आत्म अनुशासन, आत्मविश्वास भए मात्रै सम्भव हुन्छ ।” उनले पोखरा खेलकुदको खानी भएको बताउदै ग्रामीण क्षेत्रमा हुर्केकाले गाँउघरमा बस्नेहरुको आत्मविश्वास हुने बताए ।पोखरा खेलकुदको लागि राम्रो ठाँउ हो । पोखरामा फिट नेपाल भन्ने कार्यक्रम संचालन गरेको उनले स्पष्ट पारे । उनले ओलम्पिकमा जान परिवार, समाज, राष्ट्रको सहयोग र साथ चाहिने बताए ।

 

तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेलले आफनो तेक्वान्दोको जग बसाउने गुरुङ समेत तुलसी गुरुङ भएको बताउदै तेक्वान्दो खेल मार्फत आफनो जीवनलाई जीवन्त बनाएको बताए ।उनले आफु व्यवसायीक क्षेत्रमा लागेपनि आफुलाई खेलाडी भन्न रुचाउने गरेको बताए । तेक्वान्दोले ऋण लगाएको बताउदै यसको विकासका लागि आफनो तर्फबाट सक्दो सहयोग गरेको बताए । “संघको उपाध्यक्ष भएर जती गर्नुपर्ने त्यती गर्न सकिन होला तर जे सके त्यो गरेको छु ।” तेक्वान्दो खेलका लागि तुलसी गुरुङले महत्वपुर्ण योगदान दिएको बताउदै उनले प्राप्त गरेको सफलताले तेक्वान्दो खेलको गरिमा र इज्जत बनाएको बताए ।

 

तेक्वान्दो संघका गण्डकी प्रदेश अध्यक्ष जगनबहादुर गुरुङले तुलसी गुरुङले तेक्वान्दोको सबैभन्दा माथिल्लो तह प्राप्त गरेको अवसर गौरवको क्षेण भएको बताउदै आफनै मान्छेलाई आफनै आगनमा सम्मान गर्न पाउदाँ खुशी लागेको बताए । उनले तेक्वान्दो खेलमा धेरै खेलाडीहरुले योगदान दिएको बताउदै सबैलाई धन्यबाद ज्ञापन समेत गरे ।

 

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सल्लाहाकार सुनिल गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक अधिकारी, गण्डकी प्रदेश तेक्वान्दो संघ उपाध्यक्ष रमेश पौडेल, तेक्वान्दो संघ कास्कीका सचिव दीपेन्द्र पहारी, खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष विनोद लामिछाने लगायतले तेक्वान्दोमा अन्तिम उपाधि मानिने ९ डान प्राप्त गर्ने तुलसी गुरुङप्रति बधाई ज्ञापन गरे । लोक्वान्दो संघ गण्डकीका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव शिवराज वाग्लेले गरेका थिए ।

 

तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने ९ डान प्राप्त गरेर तुलसी गुरुङले पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन् । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलस्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले १८ चैतमा नतिजा घोषणा गरेको हो । यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा गुरुङलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...