प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल प्रतियाेगिता पाेखरामा

पाेखरा, जेठ ६ गते । पोखरामा नवौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल प्रतियाेगिता पाेखरामा हुदैछ ।जेठ ८ देखि १५ गतेसम्म पाेखरा रंगशालाकाे बहुउद्देश्यीय कभर्डहलमा हुने नेपाल भलिबल संघले जनाएकाे छ ।


प्रतियाेगिताकाे तयारी बारे जानकारी दिन आज पाेखरामा गरिएको पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दले प्रतियाेगितामा १४ टिमले सहभागीता जनाउने पक्का भएकाे बताउनुभयाे ।

 

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकाे सङ्घले जानकारी दिएको छ । भलिबल सङ्घका अध्यक्ष चन्दका अनुसार प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब रुपन्देही सहभागी हुँदैछन् ।

 

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेशले प्रतिष्पर्धा गर्ने चन्दले बताउनुभयो ।

 

राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा दुबै विधामा विजेताले ८ लाख, दोस्रोले ४ लाख र तृतीयले २ लाख रुपियाँ प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट लिब्रो, सरभर,ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २५/२५ हजार रुपियाँ पाउने छन् ।

 

प्रतियोगतामा सहभागी हुने टिमले ३ जना विदेशी खेलाडी राख्ने पाउने प्रावधान राखिएको अध्यक्ष चन्दले बताउनुभयो । प्रतियोगितामा सहभागी खेलाडीको दुर्घटनामा बिमाको समेत व्यवस्था गरिएको नेपाल भलिबल सङ्घले जानकारी दिएको छ ।

 

प्रतियोगिताको जेठ ८ गते नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...