पाेखरा,जेठ १४ गते ।कास्की विलियर्ड्स स्नूकर तथा पुल संघकाे आयाेजनामा कास्की जिल्ला आठौं खुल्ला स्नूकर प्रतियोगिता-२०८२ हुने भएकाे छ । यही जेठ १५ देखि ३० गतेसम्म प्रतियोगिता संचालन गर्न लागेकाे आज आयाेजित पत्रकार सम्मेलनमा संका अध्यक्ष सागर कुमार साईले जानकारी दिनुभयाे ।
पोखरा महानगरपालिकाका प्रतियाेगिता संघमा आबद्ध क्लबहरुका वीचमा हुनेछ र संघमा आवद्ध क्लबहरुबाट मात्र खेलाडीहरुलाई सहभागी गराइने महासचिव सविन जिसीले बताउनुभयाे ।
प्रतियोगितामा प्रथम हुनेले रु. ८० हजार नगद, शिल्ड र प्रमाण-पत्र, द्वितीय पुरस्कार रु. ४० हजार, शिल्ड र प्रमाण-पत्र, तृतीय हुेलाई रु. १५ हजार नगद, शिल्ड र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने हाइएष्ट ब्रेकरलाई ५ हजार, शिल्ड र प्रमाण-पत्र प्रदान गरिने आयाेजकले जनाएको छ।
प्रतियाेगिता सञ्चालन गर्न अनुमानित रु. ३ लाख ५४ हजार खर्च लाग्ने लाग्ने र ४४ हजार बचत हुने अपेक्षा आयाेजककाे छ । बचत रकम विभिन्न सामाजिक सेवा मुलक कार्यमा खर्च गरिने आयाेजकले जनाएको छ । आशिक रकम खेलाडिको विकास कोषमा अगाडी हुने राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खर्च खरिने बताइएको छ ।
उद्घाटन खेल दिपलव स्नुकर क्लबमा हुनेछ आयाेजकले जनाएको छ । विलियार्ड स्नुकरलाई व्यावसायिक रुपमा स्थापित गर्न यो खेलको आयोजना गरिएको हो अध्यक्ष सागर कुमारले बताउनुभयाे ।
१५ औं शताब्दीबाट शुरु यस खेलको आफ्नै महत्व रहेको छ । यस खेलबाट समाजमा भाइचारा सम्बन्ध, नैतिकता र अनुशासनमा थप विकास हुनेछ भन्ने आयोजकले विश्वास आयाेजकले लिएकाे छ । यस खेलमा सहभागी हुन कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघले आवद्ध क्लबहरुबाट मात्र फर्म भर्न पाइनेछ भने दर्ता शुल्क २ हजार लाग्ने बताइएको छ ।