पोखरा रंगशालाको क्रिकेट मैदानलाई तेब्बर बजेट आउँछ :सदस्यसचिव घिसिङ

पोखरा,जेठ १६ गते ।राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ पोखरा रंगशालामा गत वर्षको भन्दा दोब्बर बजेट आउने बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले बजेटमा भाषणमा अर्थमन्त्रीले ठूलो योजनाको रुपमा नाम नलिएका कारण पोखराबासीले चासो राखेको उल्लेख गदै भन्नुभयो,“सबै योजना बजेटमा अर्थमन्त्री ज्यूले भन्ने कुरा हुदैन मन्त्रालयगत रुपमा विनियोजन भएको हुन्छ त्यसैबाट विनियोजन गर्ने हो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

पोखरालाई गत वर्षभन्दा तेब्बर बजेट आउछ ।” सदस्यसचिव घिसिङले चालु आर्थिक वर्षमा पोखरा रंगशालाको क्रिकेट मैदानलाई १ करोड रुपैयाँ आएको सो रकमबाट अहिले काम भैरहेको बताउदै यस पटक तीन करोड रुपैयाँ आउने स्पष्ट पार्नुभयो । उहाँले अन्य आवश्यक र तत्काल आवश्यक पर्ने कामका लागि बजेट विनियोजन गर्न सकिने ठाँउ हुँन्छ, त्यसैले बजेट भाषणमा समावेश नहुदैमा भएनि की भन्ने नसोच्न आग्रह गर्नुभयो ।

 

पोखरा रगंशालामा निर्माण भएको फुटबल रगंशालाको भिआइपी प्याराफिटमा राखिएको प्लाई पानीले कुहिएको गुनासो पत्रकाहरुले गरेपछि सदस्यसचिव घिमिङले निर्माण कम्पनीलाई फेर्न आग्रह गरिएको र सोही अनुसार काम सुरु भएको बताउनुभयो ।“जुन समस्या देखिएको छ, त्यो समाधान नभएसम्म ठेकेरलाई भुक्तानी दिदैनौ र त्यसका लागि काम सुरु भैसकेको छ।” पोखरा रंगशालामा आएको डिफल्टलाई सुधार गर्न प्राविधिक सहितको टिमले अनुगमन गरेर प्रतिवेदन दिएको र सोही अनुसार काम भैरहेको पनि बताउनुभयो ।पोखरा रंगशामा फ्ल्डलाइट जडानका लागि नागरिक उडड्यन प्राविधिकरणलाई पत्र पठाएको र त्यसको जवाफ नआएको समेत बताउनुभयो । रात्रिकालिन खेल संचालन गर्न सक्ने वातावरणका लागि क्यानसंग जवाफ माग गरेको र त्यसको बारेमा पत्र प्राप्त नभएको बताउनुभयो /

 

उहाँले पोखरामा भएको बैठक दशौँ राष्ट्रिय खेलकुल गर्ने निर्णय भएको र चालुआर्थिक वर्षका लागि ६० करोड विनियोजना गरेको बताउदै हुन नसकेका कारण फेरी बजेट विनियोजन गरेको बताउनुभयो ।उहाँले आफनो कारण दशौ राष्ट्रिय खेकलुदमा कुनै समस्या नभएको बताउदै समयमै हुननसक्नुमा सबैले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । उहाँले मन्त्री र आफनो विचमा कुनै समस्या नरहेको दावी समेत गर्नुभयो ।खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव पशुराम शर्माले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...