पोखरा । कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै गएका छन् । एक पछि अर्को गर्दै अभिनयमा आइरहेका काफ्ले यति वेला उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि गीतको भिडियो युटुवमा आएको छ ।उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि डिटिएम मिडिया युटुवमा आएको हो । उक्त गीतमा दीप काफ्लेलाई प्रिन्सिका श्रेष्ठले साथ दिएकी छन् ।
गायक सञ्जय देवकोटा र गायिका समीक्षा अधिकारीको आवाज रवीन्द्र लामिछानेको शब्द संगित र अर्जुन कँडेलको निर्देशन रहेको गीत यति वेला निकै चर्चित रहेको छ ।दीप काफ्ले मोडल मात्र होइनन् गायक सँगै चर्चित कुशल कार्यक्रम सञ्चालक पनि हुन् । उनको कार्यक्रम सञ्चालन गर्ने शैली प्रति सबै प्रभावित हुने गरेका छन् ।उनै गायक तथा चर्चित कार्यक्रम सञ्चालक यति खेर पोखरमा जारी गण्डकी कोटिहोममा कार्यक्रम सञ्चालन गरिराखेका छन्।
उनी जब मञ्चमा आएर राधे राधे भन्दै कार्यक्रम सञ्चालन गर्न तम्सिछन् अनि भक्तजन उनैको स्वर स्वर मिलाएर राधे राधे भन्दै उनको सञ्चालकिय क्षमता प्रति आकर्षित हुन्छन् ।‘तपाईँहरूको माया साथले नै म स्थानमा आएको छु’ दीप काफ्ले भन्छन्,‘मेरा हरेक गीत र अभिनयलाई यहाँले देखाएको माया प्रति आभार व्यक्त गर्दै यो म्युजिक भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला ।’ उनले एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयसँगै गायकीमा पनि उनी अव्बलनै मानिन्छन् ।
कोटिहोममा खालि समय भयो कि उनी भक्तजनलाई भुलाउनका लागि भजन गाउन थालिहाल्छन् । उनले गाएका भजनले पनि भक्तजन प्रभावित हुने गरेका छन् । उनले गायनसँगै कोटिहोममा छम छम नाचेर भक्तजनको मन जितेका छन् ।