पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविका पुर्व विद्यार्थीहरुद्धारा दोश्रो पटक गठन गरेका छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यार्थीहरुलाई विभिन्न तालिम प्रदान गर्ने क्रममा विहिबार स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा आधारभूत पत्रकारिता तथा मोवाईल फोटोग्राफी तालिम दिएको छ ।
कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थीहरु, भूपू विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीहरु लगायत सय भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको तालिमको सहजीकर्ता स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका कार्यसमिति सदस्य मदनराज जैसीले प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुले आफ्ुलाई लागेको जिज्ञासा निधक्र्क संग प्रशिक्षक समक्ष राखेका थिए ।
कार्यक्रममा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापकहरु खेमराज बराल र मेघनाथ पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराज भण्डारी र कार्यसमिति सदस्य कविता गुरुङ कविको उपस्थिति रहेको थियो । आसन र भाषण नगरी तालिममात्र संचालन गरिएको थियो ।
गत हप्ता शुक्रबार मात्रै विद्यार्थीहरुलाई दरबारथोक मिडिया प्रा.लि.को सहकार्यमा दरबार न्युजका प्रमुख सम्बाददाता एवम् प्रशिक्षक सागर कार्कीले उद्घोषण तालिम दिएका थिए ।