खेलकुद महासंघ गण्डकीकाे अधिवेशन जेठ ३० र ३१ गते पाेखरामा

पाेखरा, जेठ २२ गते ।नेकपा एमालेको जन संगठन नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन पोखरामा हुने भएको छ । महासंघले यही जेठ ३० र ३१ गते अधिवेशन गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

अधिवेशनमा नयाँ नेतृत्व चयनसंगै एक पालिका एक खेल रचनात्मक कार्य एक जिल्ला एक खेल कार्यक्रम गने, एमालेको मिसन ८४ लक्षित कार्या गर्दै नेकपा एमालेको सबै कमिटीबाट जारी हुने प्रतिबद्धता पत्रमा सम्बन्धित पालिकामा अनिवार्य रुपमा खेलकुद ऐन निर्माण गरी खेलकुद विकास समिति गर्न र कुल बजेटको न्यूनतम पाँच प्रतिशत रकम खेलाडी र खेल क्षेत्रको विकासका लागि विनियोजन गर्न पहल गर्ने, एक पालिका एक रंगशाला एक वडा एक खेल मैदान कार्यान्वयनको लागि पहल गर्ने, हरेक विद्यालयमा खेल शिक्षक र शिक्षा अनिवार्य गर्न पहल गर्ने एजेन्डाहरुमा छलफल हुने महासंघका सचिव इश्वर अधिकारीले जानकारी दिनुभयो ।

 

 

त्यस्तै स्वास्थ्य, व्यवसाय र रोजगारीका लागि खेल अभियान गर्ने, प्रदेशस्तरीय खेलकुद नीति पुनरावलोकन, खेलाडीहरुको विकास, प्रशिक्षण र सुरक्षाका कार्यक्रमहरु, महिला र युवा सहभागिता बृद्धि लगायतका विषयमा छलफल गरिने अध्यक्ष गिरीले पत्रकार सम्मेलना जानकरी दिनुभयो ।

 

 

खेलकुद महासंघ नेपालमा खेलकुदको विकास विस्तार तथा खेलको क्षेत्रमा देखिएका असमानता र विभेदको अन्त्य गर्दै खेलको माध्यमबाट देशको गौरब प्रतिष्ठा विश्वस्तरमा फैलाउने तथा स्वस्थ्य नागरिक मार्फत सुखी नेपाली समृद्ध नेपाल स्थापनाका लागि अगाडी बढेको संस्था भएको नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव विष्णु पुनले बताउनुभयो । अधिवेशनको उद्घाटन संचार सुचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...