पोखरा, जेठ २७ गते । आजदेखि पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुदै छ । नेसनल स्पोर्टस् एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा ३१ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन आज माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । दुई बजेपछि प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटनका लागि माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व पूधानमन्न्त्री प्रचण्ड पोखरा आइसक्नु भएको छ ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एभरेष्ट भलिबल क्लब र स्टेप रामपुर क्लबले सहभागिता जनाउने नेसनल स्पोटर्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेनाको टिम सहभागी नहुने भएको छ । अन्तिम समयमा आर्मीले सहभागीता जनाउन नसक्ने जानकारी दिएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । खेलहरु राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । तेस्रो हुने टोलीले एक लाख प्राप्त गर्नेछ ।सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूले समान २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । सहभागी टीमले ३ जनासम्म विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।
नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष कोइरालाको भनाई थियो । प्रतियोगिता सम्पन्न गर्न करिव ६० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।