सिटी रेवानकाे रक्तदानमा २६ युनिट रगत संकलन

पाेखरा,असार १२ गते । पोखरा नगर रेस्टुरेन्ट  तथा बार एशोसिएसन ( सिटी रेवान ) पाेखराकाे आयोजनामा पोखरामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

एशाेसिएसनले २५ वर्ष पूरा गरि २६ वर्ष प्रवेश गरेकाे उपलक्ष्यमा गरिएकाे रक्तदान कार्यक्रम २६ युनिट रगत संकलन भएकाे सिटी रेवाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयाे ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष उर्मिला खड्काले पहिलाे रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर गर्नुभएकाे थियाे । कार्यक्रममा बाेल्दै अध्यक्ष खड्काले रगतकाे बिकल्प नभएकाे बताउदै मान्छेलाई मान्छेकै रगत आवश्यक हुने बताउनुभयाे ।

रगतकाे बिकल्प विज्ञानले समेत पत्ता लगाउन नसकेकाे बताउदै तिनतिन महिनामा नष्ट हुने रगत दान गरेर अरुकसैकाे जीवन बचाउन सकिने हुदाँ रक्तदानलाई जिवनदानका रुपमा लिने गरिएकाे बताउनुभयाे । उहाँले रेडक्रसले  रगत निशुल्क रुपमा उपलब्ध गराउदै आएकाे समेत बताउनुभयाे ।

 

सस्थामा सस्थापक अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले २५ वर्ष पुगेर २६औं  वर्ष प्रबेश गरेको अवसरमा रक्ददाना कार्यक्रमको आयोजना गरिएको बताउनुभयाे ।

 

नेपाल राष्ट्रिय  घर भाडा सरोकार समितिका अध्यक्ष कमल न्यौपानेले रगतको बिकल्प रगत नै भएको बताउदै रक्तदान गरेर जीवन दान गर्न आह्रह गर्नुभयाे  ।  उहाँले आफ्नो जन्मदिनको दिनमा रक्तदान गरेको बताउँदै हाल सम्म ४७औं पटक रगत दान गरेको बताउनुभयाे ।

 

कार्यक्रममा पृथ्वी  होटल ब्यवसायी समितिका अध्यक्ष अमृत घिमिरे , सस्थाका पूर्व अध्यक्ष केपी शर्मा उपाध्याय,समाजसेवी एवं सामाजिक अभियन्ता बलराम पराजुली, अग्रज  पत्रकार श्याम कुवर, सिटी रेवान पाेखराका उपाध्यक्ष तुलसा जिसी र सचिव केशव घिमिरे  लगायतले बाेल्नुभएकाे थियाे ।

 

सिटी रेवान पाेखराका अध्यक्ष दीपक तिमिल्सिनाले रक्तदान कार्यक्रममा सहयाेग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयाेगकाे अपेक्षा ब्यक्त गर्नुभयाे ।

 

अस्पतालको बेडमा छटपटाइ रहेका बिरामीको जीवन दान दिन पाउने पुन्य कार्यमा जोडिएर रक्तदान गर्न आग्रह गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...