पोखरा, असार ३२ गते ।उच्च अदालत पोखराले लक्ष्यले लक्ष्य भन्दा बढि मुद्धा फछ्यौट गरेको छ । पोखरामा आज पत्रकार सम्मेलन गरेर वार्षिक लग्य र प्रगति विवरण सार्वजनीक गरेको हो
उच्च अदालत पोखरामा १८ महिनादेखि २ वर्षसम्मका र दुई वर्ष नाघेका मुद्दाहरू शुन्यमा झरेका छन् । उच्च अदातल पोखराका रजिष्ट्रार अधिकारीका अनुसार १८ महिनादेखि भित्रका र दुई वर्ष नाघेका मुद्दाहरू बाँकी नराख्ने न्यायपालिकाको रणनीतिक योजना अनुसा मुद्दाहरू फछुयौट भइसकेका छन् ।
सातवटा उच्च अदालतहरूमध्ये लक्ष्य अगावै दुई वर्ष नाघेका मुद्दाहरू फस्र्योट गरिसक्ने अदालतमा उच्च अदालत पोखरा पहिलो बनेको छ । उच्च अदालत पोखरामा गतवर्ष भन्दा मुद्धा दर्ता केही घटेको देखिएको छ ।आर्थिक वर्ष २०८०÷८१ मा ३४८८ मुद्धा दर्ता भएका थिए भने आर्थिक वर्ष २०८१÷८२ मा ३४२० मुद्धा दर्ता भए ।