पाेखरामा चीनकाे कान्जव प्रीफिक्चरका फाेटाे प्रर्दशनी

पाेखरा, पाेखरामा मित्र राष्ट्र चीनकाे कान्जव प्रीफिक्चरका फाेटाे प्रर्दशनीकाे आयाेजना गरिएको छ । पाेखरा महानगरपालिका-१७ मा रहेकाे अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फाेटाे प्रदर्शनी गरिएको हाे ।

फाेटाे प्रदर्शनीकाे पाेखरा महानगरका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयाे ।उहाँले दुई शहरवीचकाे सम्बन्धलाई मजबुत बनाउदै पर्यटन प्रवर्दनमा भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयाे ।फाेटाे प्रदर्शनीले कान्जवकाे बारेमा बुझन सहज हुने उल्लेख गर्नुभयाे ।

पर्वतीय संग्रहालय पाेखराका कार्यकारी निर्देशक निर्मला पाैडेलले अस्थायी रुपमा फाेटाेलाई प्रदर्शनीमा राखिएको र आगामी दिनमा व्यवस्थित रुपमा दुबैकाे सहकार्यमा गरिने बताउनुभयाे ।

मित्र राष्ट्र चीनको कान्जव प्रीफेक्चरका जनरल सेक्रेटरी छानको नेतृत्वमा टाेलि पोखरा आइपुगेको हाे । चिनियाँ प्रतिनिधि मण्डललाई पोखरा महानगरपालिकामा कार्बाहक मेयर गुरुङले स्वागत गर्नुभएकाे थियाे । टाेलिले पर्वतीय संग्रहालयकाे अवलोकन समेत गरेकाे छ । उक्त शहर एक हजार ताल र साेहि संख्यामा संग्रहालय रहेका छन् ।

 

 

कान्जवसंग सन् २०१९ मा भगिनी सम्बन्ध कायम भएकाे थियाे । पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ आफै उपस्थित भएर भगिनी सम्बन्ध कायम गर्ने पत्रमा हस्ताक्षर गर्नुभएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...