
राजु गिरी, पोखरा ।
कोपिला नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा ‘पत्रकारका लागि डिजिटल साक्षरता’ विषयक तीन दिने तालिम पोखरामा सम्पन्न भयो । यस तालिमले मेरो पत्रकारिताको सिकाइमा निकै उपलब्धिमूलक योगदान पु¥यायो ।
द युरोपियन युनियन र इन्टरनेशनल एलर्टको सहयोग तथा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम् नेटवर्क (NIMJN) को प्राविधिक सहयोगमा वैशाख ११, १२ र १३ गते सञ्चालन भएको तालिममा पोखराका २० जना पत्रकारले सहभागिता जनाएका थिए । त्यसमा म पनि सहभागी हुने अवसर पाएको थिएँ ।
तालिमका प्रशिक्षक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया पत्रकारिताको पछिल्लो अवस्था, Canva for Journalism, फोटो पत्रकारिता, भिडियो सम्पादनदेखि एआई पत्रकारिता जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिनुभयो ।
यो प्रशिक्षणबाट मैले नयाँ प्रविधि र पत्रकारितासँग सम्बन्धित पछिल्ला उपकरण तथा प्रवृत्तिबारे धेरै ज्ञान हासिल गर्न सकेँ । यसले पत्रकारितामा अझ व्यावसायिक र आधुनिक बन्ने बाटो देखाएको अनुभव भयो । मलाई मात्र होइन, अरु सहभागीहरूलाई पनि यो तालिम उपलब्धिमूलक र उपयोगी भएको कुरा उनीहरुले नै सुनाए । मलाई त झन यो एआई को उचित प्रयोग र मल्टिमिडिया पत्रकारिता को सिकाई निकै उपलब्धिमूलक रह्यो ।
पत्रकारहरूले समयसँगै आफूलाई अपडेट राख्न आवश्यक भएकाले यस्ता तालिम अझै निरन्तर भइरहनुपर्ने निष्कर्षमा पुगेको छु । समग्रमा हेर्दा तालिम निकै उपयोगी र प्रभावकारी रह्यो ।