पन्धौं यल कप जारी

स्थानिय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेशयका साथ सुरुवात गरिएको यल कपको १५ औं संस्करण कार्तिक २६ गते बाट सुरु भएको छ ।प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मेयर महर्जनले आफुले खेलकुद र स्वास्थ्यलाई प्रार्थमिकतामा राखेको र त्यसका लागि ललितपुर महानगरपालिका सदा सहयोगको लागि तत्पर रहेको बताए ।
ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको प्राङणमा निर्मित कोर्टमा आयोजना भएको प्रतियोगितालाई सफलताको शुभकामना दिंदै वडा अध्यक्ष कुल बहादुर महर्जनले प्रतियोगितालाई मर्यादित र निश्पक्ष बनाउन र १४ औं संस्करणमा वडा नं. ७ दोश्रो स्थानमा रहेकोमा यस पटक पहिलो स्थान प्राप्त गर्न शुभकामना दिंदै वडाले कार्यक्रमका लागि १० लाख छुट्याएको र आवश्यक परेमा अरु आर्थिक सहयोग गर्ने बताए ।पाटनका विभिन्न क्लब तथा ब्यक्तिहरुको सहभागिता रहेको प्रतियोगिताको कुल लागत ४० लाख रहेको आयोजकका दीपक कुमार ‘दान रत्न’ बज्राचार्यले जानकारी गराए ।
सशिन र सुमनको जोडी प्रिक्वाटरमा
खुल्ला कोर्टमा साँझमात्र हुने प्रतियोगिताको पुरुष युगल तर्फको हिजो सम्पन्न खेलमा नागबहालका सशिन डङगोल र सुमन शाक्यको जोडीले मेनडाउनका बिजय कुमाल र विजय तन्डुकारको जोडीलाई २१–१०, २१–६ ले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

 

यस्तै प्रिक्वाटरमा प्रवेश गर्ने क्रममा कोन्तिका निरज खड्गी र रितेश खड्गीको जोडीले मेनडाउनका सन्नि डङ्गोल र नविन महर्जनको जोडीलाई २१–१३, २१–१५, सुबहालका रमन महर्जन र अमन शाक्यको जोडीले नागबहालका परिस्कृत शाक्य र सविन शाक्यको जोडीलाई २१–१०, २३–२१, भुबहालका बाबुराजा बज्राचार्य र बिजय बज्राचार्यको जोडीले सुबहालका दिनेश महर्जन र राजन महर्जनको जोडीलाई २१–१३, २१–१४, धौबहालका योमेश डङ्गोल र  सिद्धार्थ महर्जनको जोडीले ओकुबहालका प्रतिश शाक्य र सरण शाक्यको जोडीलाई २१–१४, २१–६, चुसिकाका सौर्य महर्जन र हखाका राकेश शाक्यको जोडीले भिन्छेबहालका आयुष बज्राचार्य र निश्चल बज्राचार्यको जोडीलाई १९–२१, २१–११, २१–१५, मनिडाउनका जगदिश महर्जन र सुजन शाक्यको जोडीले भिन्छेबहालका मनिष बज्राचार्य र मौलिक बज्राचार्यको जोडीलाई २१–१६, २२–२४, २१–१९, प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको जोडीले महापालका सुलभ महर्जन र रुजल शाक्यको जोडीलाई २१–११, २१–६, ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीले भिन्छेबहालका राभ्याश बज्राचार्य र एलेन डङ्गोलको जोडीलाई २१–१३, २१–४, नागबहालका सम्यक शाक्य र सुगत शाक्यको जोडीले ओकुबहालका गौतम शाक्य र सुमेध शाक्यको जोडीलाई २१–१४, २१–१४, अग्निशालका अनुप बस्नेत र सुजीप महर्जनको जोडीले ओकुबहालका अर्हान्त शाक्य र सक्षम शाक्यको जोडीलाई २१–१९, २३–२१, चाकुपाटका सुमन शाक्य र सुशिल शाक्यको जोडीले भिन्छेबहालका अनिल बज्राचार्य र निरोज बज्राचार्यको जोडीलाई १९–२१, २१–८, २१–१४, नागबहालका पुजन शाक्य र श्रवण शाक्यको जोडीले भिन्छेबहालका बिशेष बज्राचार्य र रुजेश बज्राचार्यको जोडीलाई २१–१६, २१–१५, नागबहालका आयुष धाख्वा र संजय शाक्यको जोडीले इखाछेंका नीर बज्राचार्य र रोनिश बज्राचार्यको जोडीलाई २१–१२, २१–१३, नागबहालका सुमित शाक्य र सुशन शाक्यको जोडीले गुईटोलका सुमन डङ्गोल र किरण महर्जनको जोडीलाई २१–५, २१–१४ ले र दथुंलका राजु बज्राचार्य र सुमित महर्जनको जोडीले पिन्छेंका विनोद महर्जन र गौतम महर्जनको जोडीलाई २१–९, २१–९ को समान अन्तरले पराजित गरे ।
प्रतियोगितामा पुरुष युगल, महिला एकल, ब्वाईज एकल, मिक्स युगल र मास्टर ४५ माथी गरि ५ विधामा १४८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने रेफ्रि अनुप रत्न शाक्यले बताए । प्रतियोगिता ८ दिन सम्म संचालन हुने छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...