एकराज गिरी/पोखरा, मंसिर २ गते । पोखरा महानगपालिका खेलकुद विकास समितिको अध्यक्षमा पूर्न नियूक्त भएकोमा दिपकबहादुर गोदारलाई सम्मान गरिएको छ । पोखरा रंगशालामा बौद्ध शान्ति क्लब रामघाट, पोखरा महानगर हक्की संघ र नेपाल मुुआथाई संघले संयूक्त रुपमा सम्मान गरेका हुन् ।

नेपाल अन्तराष्ट्रिय मुआथाईका प्रशिक्षक विजय गुरुङ,बौद्ध शान्ति क्लब रामघाटका अध्यक्ष सागर गुरुङ र पोखरा महानगर हक्की संघका अध्यक्ष यमन रसायलीले सम्मानपत्र सहित माला लगाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै नवनियूक्त अध्यक्ष गोदारले खेलाडी उत्पादनसंगै प्रोत्सानका लागि आफुले काम गर्ने बताउदै सबैको साथ र सहयोगको अपेक्षा गरे । खेलकुदका पदाधिकारीकी जिम्मेवार भएपनि खेलसंघसंस्थामा रहेका र नहेका सवैको सहयोगले मात्रै आफु सफल हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्दछु अध्यक्ष गोदारले भने । सम्मान कार्यक्रमको संचालन सुदिप गिरीले गरेका थिए ।
करिब १४ महिना पछि पुनः गोदार अध्यक्षमा नियुक्त भएका हुन् । पोखरा–१७, घारीपाटनका गोदार करिब ३५ वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय व्यक्ति हुन । यसअघि पनि गोदार महागनर खेलकुद विकास समितिको अध्यक्ष रहेका थिए । उनको कार्यकाल सक्किएपछि महानगरले पून उनलाईनै अध्यक्षमा नियूक्त गरेको हो । नेपाल मुआथाई संघका प्रमुख प्रशिक्षक रहेका कराँते प्रशिक्षकका रूपमा पनि परिचित छन् ।
उनको प्रशिक्षणमा गण्डकी प्रदेशले छैटौँ, सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ लगातार च्याम्पियन बन्न सफल भएको थियो। पोखरा स्पोट्र्स अवार्डबाट ‘उत्कृष्ट प्रशिक्षक’ सम्मान प्राप्त गरिसकेका गोदार कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष समेत भएर काम गरिसकेका छन् । नेपालमा मुआथाई खेल भित्रायउन र पोखराबाट यसको औपचारिक प्रशिक्षण सुरू गराउन पनि गोदारको अग्रणी भूमिका रहेको छ ।