प्रथम विन्ध्यवासिनी कप सामुदायिक विद्यालय स्तरीय छात्र भलिबल भाेलिदेखि

एकराज गिरी/पाेखरा,पुस ३० गते ।प्रथम विन्ध्यवासिनी कप पाेखरा महानगरपालिक सामुदायिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता–२०८२ हुने भएकाे छ । पाेखरा-२ बरपाटनमा रहेकाे विन्ध्यवासिनी माध्यमिक विद्यालयकाे आयाेजनामा भाेलि माघ १ गतेबाट प्रतियाेगिता संचालन हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।प्रतियाेगिता माघ ५ गतेसम्म विद्यालय प्राङ्गणमा संचालन हुने छ ।

प्रतियोगिता विद्यार्थीमा खेलकुद प्रतिभाको पहिचान, नेतृत्व क्षमता विकास, टिमवर्कको अभ्यास र शारीरिक तथा मानसिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र बाटाजुले जानकारी दिए ।

प्रतियोगितामा महानगरपालिका क्षेत्रभित्र रहेका २१ वटा माध्यमिक विद्यालय सहभागी हुने पक्का भएकाे छ ।प्रतियोगितामा विजेता टिमले नगद १ लाख, उपविजेताले नगद ७५ हजार,तृतीयले नगद रु २५ हजार सहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्ने विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्तराज पाण्डेले बताए ।

 

प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी १ जनालाइ नगद रु. ५ हजार,
उत्कृष्ट स्पाइकरलाइ ५ हजार,उत्कृष्ट ब्लकरलाइ ५ हजार नगद पुरस्कारसहित पदक र प्रमाणपत्र तथा अनुशासित टिमलाइ कप र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

 

प्रतियाेगिता सम्पन्न गर्न २० लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकाे छ ।आयोजकले प्रतियोगितालाई भव्य, सभ्य र अनुशासित रूपमा सम्पन्न गर्न सबै विद्यालय, अभिभावक तथा सरोकारवालाको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...