पोखरा । कास्की जिल्ला क्लब–स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत आज सम्पन्न खेलमा सांग्रिला क्रिकेट क्लब (SCC) ले लेकसाइड क्रिकेट क्लब (LCC) लाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर लेकसाइड क्रिकेट क्लबले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सांग्रिला क्रिकेट क्लबले २८.१ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन बनायो। सांग्रिलाका लागि सिब्रिन श्रेष्ठले ५६ बलमा ७६ रनको उत्कृष्ट पारी खेले। उनलाई कुशल नेपाल (३१ रन) र राजु खनाल (२३ रन) ले साथ दिए।
लेकसाइडका बलरमध्ये चन्दन राउतले १० ओभरमा ७ विकेट लिँदै शानदार प्रदर्शन गरे। त्यस्तै, सन्देश शाहीले २ विकेट र विकास पाठकले १ विकेट लिए।
१८७ रनको लक्ष्य पछ्याएको लेकसाइड क्रिकेट क्लब १७ ओभरमा ५२ रनमै अलआउट हुन पुग्यो। लेकसाइडका लागि केशव सुनारले १० रन बनाउँदा सुमित रौनियार ६ रनमा नटआउट रहे।
सांग्रिलाका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। भुवन रेग्मीले ५ विकेट, सञ्जय नेपालले २ विकेट तथा जीवन कोइरालाले १ विकेट लिए।
यस खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।