पाेखरा ।फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा फ्र्याङ्कलिन कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २२ गतेदेखि २५ गतेसम्म पोखरंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताअन्तर्गत इन्टर +२ लेभल कलेज फुटसल टुर्नामेन्ट तथा ओपन गल्र्स फुटसल टुर्नामेन्ट आयोजना गरिनेछ । इन्टर +२ लेभलतर्फ प्रथम हुने टोलीले ६० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ओपन गल्र्स फुटसलतर्फ प्रथम टोलीले १० हजार र द्वितीय टोलीले ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुदमार्फत युवाको क्षमता अभिवृद्धि र महिला सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक कमल खडकाको भनाइ छ
प्रतियोगिताले शिक्षा र खेलकुदलाई जोड्न भूमिका खेल्ने बताउँदै शिक्षासँगै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी, खेल संयोजक विकास गुरुङले युवामा खेलकुदको रुचि बढाउने र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । खेलमार्फत अनुशासन, सामूहिक भावना र आत्मविश्वास विकास हुने विश्वास व्यक्त गनुभयो । खेलका लागि माघ २० गते भित्र नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् ।