एकराज गिरी ।पोखरा, माघ १९ गते ।नेपालले पहिलाे जित निकालेकाे छ ।पोखरा रंगशालामा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै पहिलाे जित दर्ता गरेकाेहाे । याे जितसंगै नेपालकाे फाइनल पुग्ने सम्भावना भने कायम राखेको छ।
तस्विर सुदर्शन रन्जित

पहिलाे हाफमै थालेकाे खाता खाेल्दै नेपालले अग्रता लियाे ।खेलकाे ३६ औं मिनेटमा सिर्जना बडुवालले गाेल गर्दै खाता खाता खाेलिन । पहिलाे हाफ नेपाल भुटानमाथि हाकिम भयाे ।
दाेस्राे हाफकाे ७० औँ मिनेटमा प्रजीता राईले गाेल गर्दै अग्रता दाेब्बर पारिन । खेलमा नेपालले थुप्रै अवसर सृजना गरेपनि सफल हुन सकेन ।
भुटानका लागि सोनाम छोडेनले ८७औँ मिनेटमा गोल गर्दै अन्तर घटाइन ।तर जितमा लागि प्रयाप्त भएन । नेपाली खेलाडीले गरेकाे गल्तीकाे फाइदा उठाएकाे भुटान नेपालसंग २–१ ले पराजित भयाे । रक्षात्मक बनेकाे भुटानले दाेस्राे हाफकाे उत्तद्वमा खेल सुधार गरे पनि जित निकाल्न सकेन ।
यसअघि नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो। भुटान भने यो हारसँगै च्याम्पियनसिपबाट बाहिरिएको छ।
आजै भएको अर्काे खेलमा भारतमाथि बंगलादेशले २-० गोलको जित निकालेको छ।बंगलादेशले आफ्नाे पहिलाे खेलमा भुटानलाइ १२-० गाेलले पराजित गरेकाे थियाे ।
खेलपछि जित हासिल गरे पनि नेपाली टोलीका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने,
“हामीले प्रशिक्षणमा सिकाएका कुराहरू खेलमा कार्यान्वयन हुन सकेनन्। त्यसैले जित हासिल गरे पनि म पूर्ण रूपमा सन्तुष्ट छैन। आजको जिम्मेवारी म लिँदिन।”
अब नेपालले आफ्नो अन्तिम लिग खेल बुधबार बङ्गलादेशसँग खेल्नेछ भने भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ। चार टोलीको सहभागिता रहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष दुई टोलीबीच माघ २४ गते उपाधिका लागि फाइनल खेल हुनेछ।