एकराज गिरी/पोखरा ।पाेखरा रंगशालामा जारी साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाललाइ पराजित गर्दै बंगलादेशले फाइनलमा भारतसंगकाे भेट पक्का गरेकाे छ ।

बुधबार बंगलादेशले नेपाललाइ ४-० काे फराकिलाे गाेल अन्र्तरले पराजित गर्दै फाइनल प्रवेश गरेकाे हाे ।बंगलादेशको फाइनल यात्रा सहज बनाउन अल्पी अख्तरले ह्याट्रिक गरिन भने प्रतिमा मुण्डले एक गोल गरिन ।खेल सुरुवातकाे तेस्राे मिनेटमै बंगलादेशले गाेलकाे खाता खाेल्याे ।प्रतिमाले गाेलकाे खाता खाेलिन ।पहिलाे गाेलपछि दबाबमा रहेकाे नेपालले पहिलाे हाफमा अतिरिक्त समयमा टिमका लागि अल्पी अख्तरलेदाेस्राे गाेल गर्दै पहिलाे हाफ २-१ मा टुङ्ग्याइन ।
दाेस्राे हाफकाे ६७ औ मिनेटमा अल्पीले ब्यक्तिगत र टिमका लागि तेस्राे गाेल गरिन भने ८२ औं मिनेटमा ब्यतित तेस्राे गाेल गर्दै ह्याट्रिक पुरा गर्दै खेल ४-० काे अन्तरले टुङ्गग्याइन ।प्रतियाेगितामा नेपालकी माया मास्केले रेडकार्डकाे सामना गर्दै मैदानबाट बाहिरिया । नेपालमाथि बंगलादेश हावि देखियाे भने पाएका केही अवसर सदुपयाेग गर्नसकेन ।
भारत र बंगलादेश फाइनलमा पुगेका छन् ।पोखरा रंगशालामा जारी च्याम्पियनसिपमा अपराजित रहदै बंगलादेश र एक खेल गुमाउँदै भारत फाइनलमा पुगेका हुन् ।बंगलादेशले लिग चरणका ३ वटै खेलमा जित निकाल्यो । यस अघि भएकाे खेलमा भारतले भुटानलाइ ७-० गाेलले पराजित गर्दै फाइनल यात्रा सहज बनायाे ।