आहा रारा गाेल्ड २७ गतेदेखि,उदघाटन खेलमा आयाेजक र‌ गोर्खा इन्टरनेशनल‌ हङकङ भिड्ने

पोखरा-२५ औ संस्करणकाे‌ आहा रारा गाेल्ड कपकाे‌ उदघाटन खेलमा पहिलो पटक विदेशी टोलीले खेल्ने भएकाे छ ।आयाेजक सहारा क्लबले आज सार्वजनिक गरेकाे खेल तालिका अनुसार आयाेजक सहारा र विदेशी भाेलिले‌ खेल्ने पक्का भएकाे छ ।आयाेजक सहारा र पाहुना टाेलि गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङवीच हुने छ ।

त्यस्तै सहारा क्लबले‌ पहिलाे पटक साँझमा प्रतियाेगिता संचालन गर्ने भएकाे छ ।क्लबले २५ औं‌ आहा रारा पोखरा गोल्डकपमा नयाँ प्रयाेग गर्दै फ्लडलाइटमा खेलाउने भएकाे हाे । दर्शकलाइ तान्न आयाेजकले भाडामा लायक ल्याएर रातीमा खेलाउने तयारी गरेकाे हाे ।

 

यो निर्णयले पोखराको फुटबल इतिहासमा नयाँ आयाम थपिने विश्वास क्लबले लिएको छ । २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको क्लबको गोल्डकपको यात्रा झण्डै तीनदशक देखि निरन्तरता छ । प्रायोजकले पनि क्लबलाई गोल्डकप आयोजना गर्ने प्रेरित गर्दै प्रायोजनलाई अझ बलियो बनाउँदै लगेको छ । दोस्रो दिन विभागीय क्लब नेपाल एपीएफ क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो दिन अर्थात फागुन १ गते फ्रेण्ड्स क्लबले प्लानिङ ब्वाईजको सामना गर्ने छ । चौथो दिन विभागीय क्लबले पहिलो प्रि क्र्वाटरफाईनलिष्ट विजेतसँग खेल्ने छ ।

 

२५ औं संस्करणसम्म आईपुग्दा क्लबले पुरस्कार राशी बढाउँदै प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोचक बनाउने अभियानमा छ । पोखराको यो गोल्डकपमा गर्विलो इतिहास लेखेको भाग्यमानी नेपाल पुलिस क्लब, दर्शकले औधी रुचाएको मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाईज युनाईटेड, थण्डरबोल्ड नर्थ युनाईटेड सिक्किम, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्च ब्वाईज युनाईटेड, नेपाल एपीएफ क्लब, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने छ ।

 

उज्वेकिस्तानको टोली नयाँ हो । तर खेलाडी अघिल्लो वर्ष गोल्डकपमा सहभागि भएका खेलाडीलाई पोखराको मैदानमा उतार्ने क्लबलाई जानकारी दिएको पत्रकार सम्मेलनमा सुनाईयो । प्लानिङ ब्वाईज, गोर्खा इन्टरनेशनल गोल्डकपमा सहभागि नयाँ टोली हुन् । जावलाखेल लामो समयपछि पोखराको मैदानमा उत्रिने छ ।

 

प्रतियोगितामा केही टिम नयाँ छन् । नयाँ र पुरानाक्लबले १४ लाख १ हजार नगद पुरस्कार राशीको उपाधिको लागि नकाउट फुटबल खेल्ने छन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छ । विजेतालाई दुई लाख रुपैयाँ बृद्धि गरिएको छ भने उपविजेताको हकमा एक लाख रुपैयाँ बढाइएको मुल आयोजक समितिका सदस्य सचिव गंगाराम पौडेलले जानकारी दिए ।

 

यसैगरी अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिने छ ।

सहारा क्लब पोखराले वर्षेनी वर्ष खेलाडीबाट सम्मान गर्ने निर्णय अनुसार यो वर्ष नेपाली महिला फुटबल टोलीकी मेस्सी उपनामले चिनिने प्रिति राईलाई सम्मान गरिने जनाएको छ । त्यस्तै २५ औं संस्करणसम्म आईपुग्दा क्लबले विभिन्न २५ जना व्यक्तित्वलाई सम्मान गर्ने निर्णय समेत गरेको छ ।

 

सम्मानित हुनेमा प्रकाश केसी, किरण केसी, रोशन केसी, विक्रम थापा, अजय फुँयाल, प्रकाश तिमिल्सिना, दिपेन्द्र श्रेष्ठ, मिलन तमु, दिलिप राई, राखेप, अखिल नेपाल फटुबल संघ, हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेलमबहादुर गुरुङ, टिकाबहादुर कार्की, सुनिलकुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपािलका, स्व.हेमबहादुर गुरुङ, स्व. राजमन थकाली, दिपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...