फल्डलाइट अभावका कारण आहा रारा गोल्डकपका खेल दिउँसो ३ बजेबाट

पोखरा, माघ २९ – सहारा क्लब पोखराले आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताका खेल अब दिउँसो सञ्चालन हुने भएका छन्।

 

“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ” भन्ने उद्देश्यका साथ माघ २७ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिता फ्लडलाइटमा सञ्चालन गर्ने तयारी गरिएको थियो। तर खेल सञ्चालनका लागि आवश्यक पर्याप्त प्रकाश व्यवस्था गर्न नसकिएको क्लबले जनाएको छ।

क्लबका महासचिव गंगाराज पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा सन्ध्याकालीन समयमा खेल सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्दै सम्पूर्ण खेलप्रेमीसमक्ष क्षमा याचना गरिएको छ।


यसैबीच, फागुन १ गतेदेखि हुने सबै खेल दिउँसो ३ बजेबाट सञ्चालन गरिने जानकारी सहारा क्लबले दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...