एकराज गिरी/पोखरा-जावलाखेल युथ क्लब आहा रारा गाेल्ड कपकाे सेमिफाइनल प्रवेश गरेकाे छ । पाेखरा रंगशालामा जारी २५ औं आहा रारा गाेल्ड कपकाे आजकाे खेलमा जावलाखेलले अपी पावर चर्च ब्वाइजलाइ ३-० गाेलकाे फराकिलाे जित निकाल्दै अन्तिम चारमा स्थान पक्का बनायाे ।जावलाखेलकाे जितमा धर्मेन्द्र कुवर,निकालेर र सुजन गुरुङले एक-एक गाेल गरे ।

गत लिगमा ३-० ले चर्चसंग पराजित जावलाखेलले पाेखराकाे मैदानमा बदला समेत लियाे । खेलकाे सुरुवातबाटै आक्रामक रुपमा पस्तुत भएकाे जावलाखेलले पहिलाे मिनेटमै गाेल गर्ने अवसर खेर फाल्याे।निकालेर ओडानकाे कडा प्रहार चर्चका गाेल रक्षकले पञ्च गर्दै बचाउ गरे । खेल सुरु हुनुभन्दा १५ मिनेट अगाडि पाेखरा आइपुगेकाकाे चर्चले जावलाखेलकाे दबदबालाइ राेक्ने प्रयास मात्रै गर्याे । खेलकाे २८ औं मिनेटमा निकालसकै प्रहार क्रस बारमा लागे फर्कियाे ।३० औं मिनेटमा धर्मेन्द्र कुवरले वानभर्सज वानमा पाएकाे अवसर खेर गएपछि पहिलाे हाफ गाेल रहित सक्कियाे ।
दाेस्राे हाफमा लयमा फर्किएकाे चर्चले ४८ औं मिनेटमा गाेलकाे सामना गयाे । जावलाखेलका लागि ४८ औं मिनेटमा चर्चका गोलकिपर दिप कार्कीको गल्तीलाई सदुपयाेग गर्दै गाेलकाे खाता खाेल्याे ।जावालाका धर्मेन्द्र कुँवरले प्रहार गरेकाे बल हातबाट फुल्किएपछि डिबक्सबाट पून उनैले प्रहार गर्दै पाेष्टकाे दिसा दिए ।
खेलकाे ८८ औं मिनेटमा दाेस्राे गोल गर्दै अग्रता दोब्बर बनायो ।
निकालोस ओडाने ह्याल्मिटनले गोल गरे । पोखराको मैदानमा विदेशी खेलाडीले आफनो नाम स्कोर बोर्डमा लेखाउँदै आएका छन् । दोस्रो हाफको इन्जुरी समयमा सुजन गुरुङको व्यक्तिगत गोलमा जावलाखेलले अपी पावर चर्च ब्वाईजलाई ३—० गोलको नजितासँगै २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश यात्रा सुनिश्चित बनाउदाँ चर्च भने घर फर्किन बाध्य भयाे ।
खेलपछि बाेल्दै चर्चका प्रशिक्षक सुमन क्षेष्ठले खेलाडिहरु थकित र घाइते भएकाले पाएका अबसर सदुपयाेग हुन नसकेकाे बताए ।उनले सुनसरिबाट आजमात्रै आएका खेलाडी थकित भएकाे बताए ।जावलाखेलबाट प्रशिक्षक सुनिलकुमार श्रेष्ठले खेलाडीले राम्राे खेलेकाे बताए ।
प्रतियोगितामा सोमबार मनाङ मस्र्याङ्दी क्लबले सिक्कीमको टोली थण्डरबोल्ड नर्थ युनाईटेड क्लबसँग खेल्ने छ । गोल्डकप विजेताले १४ लाख र उपविजेताले ७ लाख नगद राशी पुरस्कार प्राप्त गर्ने छन् ।