एकराज गिरी/पाेखरा ।मनाङ मस्र्याङ्दी क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा स्थान पक्का गरेकाे छ ।आज पाेखरा रंगशालामा भएकाे खेलमा मनाङ्गले पाहुना टाेलि नर्थ थण्डरबोल्ट युनाईटेडलाइ १-० काे कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे ।

सिक्किमपाेखरेली मैदान मनाङ्गले सेमिफाइनल यात्रा सुनिश्चित बनाउदाँ सुरग क्षत्री नायक बने । उनले गरेकाे एक गाेलनै निर्णायक बनेपछि पाहुना टाेलि नर्थ थण्डरबोल्ट युनाईटेड सिक्किम पहिलाे खेलबाटै आहा रारा गाेल्ड कपबाट बाहिरिदै घर फर्किन बाध्य भयाे ।
पाहुना टाेलि विरुद्ध मनाङगले गाेल गर्न धेरै मेहनत गर्नुपर्याे। निर्धारित समयमा दुबै टिमबाट गाेल हुन नसकेपछि खेल अतिरित्त समयमा पुग्याे ।
अतिरिक्त समयको इन्जुरी समयमा मनाङ्गले गोलको खाता खाेल्दै अग्रता लियाे । पहिलो हाफको इन्जुरी समय(१०५+१ मिनेट) मा मनाङले गोल गर्दै कठिन जित निकाल्यो ।एन्ड्रयु इबोयमोआले हानेको कर्नर बललाई आशिष श्रेष्ठको हेडर गोलमा परिणत भएपछि मनाङले अग्रता लियो । प्लेयर अफ दि म्याच श्रेष्ठ बने ।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेपनि गाेल निकाल्न नसक्दा सिक्किमे टोली घर फर्किन बाध्य भयाे ।सिक्किमे टोलीको केही प्रहार प्रशंसा लायक बने । उनीहरुका सबै प्रहारलाई मनाङका गोलरक्षक विशाल केसीले असफल पारे । सिक्किमे टोलीका लागि १४ औं मिनेटमा बक्सर प्रधानको प्रहारलाई पन्च गर्दै बचाउ गरे ।
१६ औं मिनेटमा उस्तै अवसरलाई पाहुना टोली गुमाउन पुग्यो । ओलवी अफिजको पासलाई सुरग क्षत्रीको प्रहार पनि बचाउ भएपछि गाेल गर्ने पाहुना टोलीकाे याेजना असफल भयाे । मनाङले पनि केही उत्कृष्ट अवसर खेर फाल्याे । पहिलो हाफमै विशेष लामाको माईनस पासलाई कसैले पनि कलेक्ट गर्न सकेनन् । ३३ औं मिनेटमा अनिलकुमार मगरले अफसाईड ट्रयाप पार गर्दै सिक्किमे गोलकिपर मात्रै रहेको अवस्थामा समेत बललाई पोष्टको दिशा दिन चुके ।
गोल्डकपको मंगलबारकाे अन्तिम क्र्वाटरफाईनल खेल विदेशी टोली आभा फुटबल क्लब उज्वेकिस्तान र प्लानिङ ब्वाईजवीच हुने आयाेजकले जनाएकाे छ ।