तेस्रो सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव चैत २७ देखि

एकराज गिरी,पाेखरा ।पोखरा, सूर्य तारा क्लब, पोखराको आयोजनामा “तेस्रो सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८२” आयोजना हुने भएको छ।

महोत्सव  चैत २७ देखि ३० गतेसम्म पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित प्रस्तावित रङ्गशालामा सञ्चालन गरिने सूर्य तारा क्लबले आज पाेखरामा पत्रकार सम्मेलन आयाेजना गरेर जानकारी दिएकाे हाे ।

महोत्सवमा विभिन्न खेलकुद तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएकाे सेभेन ए साइड फुटबल प्रतियाेगिताकाे संयाेजक  सन्दिप काेइरालाले जानकारी दिए । महाेत्सवमा कप पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुल्ला महिला तथा पुरुष डोरीतान प्रतियोगिता, जातीय संघसंस्था स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता तथा तेक्वान्डो प्रदर्शन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएकाे काेइरालाले बताए ।

 

महोत्सवको उद्देश्य खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा सामाजिक सद्भाव बढाउने रहेको क्लबले जनाएको छ। साथै, युवामा नेतृत्व विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा कला–संस्कृतिको संरक्षणमा समेत जोड दिइने सूर्य तारा क्लबका अध्यक्ष एंव महाेत्सव मुल आयाेजक समितिका संयाेजक विष्णु पुनले जानकारी दिए ।

 

 

महाेत्सव सम्पन्न गर्न ५७ लाख खर्च लाग्ने अनुमान गरिएकाे अध्यक्ष पुनले बताए ।प्रतियोगितामा नेपालका विभिन्न संघसंस्था, क्लब तथा स्थानीय तहका साथै स्वदेशी तथा विदेशी खेलाडी र कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको आयाेजकले जनाएकाे छ ।

 

महोत्सवका विभिन्न विधामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।
पुरुष 7A Side फुटबल प्रतियोगिता
प्रथम: रु. २,०२,२२२
द्वितीय: रु. १,०१,१११
उत्कृष्ट खेलाडी: रु. १०,०००
सर्वाधिक गोलकर्ता: रु. ५,०००
अनुशासित टिम: मायाको चिनो
महिला स्लो स्कुटर रेस
प्रथम: रु. ३३,०००
द्वितीय: रु. २२,०००
तृतीय: रु. ११,०००
सान्त्वना: रु. ५,०००
राष्ट्रिय खुल्ला डोरीतान (महिला/पुरुष)
प्रथम: रु. ५५,५५५
द्वितीय: रु. ३३,३३३
तृतीय: रु. २२,२२२
झाँकी प्रदर्शन प्रतियोगिता
प्रथम: रु. ४४,०००
द्वितीय: रु. ३३,०००
तृतीय: रु. २२,०००
सहभागी टिम: रु. ७,०००
एथ्लेटिक्स प्रतियोगिता (६ किलोमिटर दौड सहित)
विद्यालय स्तर (छात्र/छात्रा)
प्रथम: रु. ७,०००
द्वितीय: रु. ५,०००
तृतीय: रु. ३,०००
खुल्ला (पुरुष/महिला)
प्रथम: रु. १०,०००
द्वितीय: रु. ७,०००
तृतीय: रु. ५,०००
भेट्रान्स (पुरुष/महिला)
प्रथम: रु. १०,०००
द्वितीय: रु. ७,०००
तृतीय: रु. ५,०००

उपसमिति गठन
महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ।
फुटबल प्रतियोगिता
सह–संयोजक: रमेश कडी
सदस्य: रोशन छतवान, विश्व गुरुङ, सुजन श्रेष्ठ, किरण गुरुङ लगायत

महिला स्कुटर रेस
संयोजक: सरस्वती श्रेष्ठ
सह–संयोजक: हरिकुमारी गुरुङ
सचिव: भीमकुमारी पुन
सदस्य: लुकु पुन, लक्ष्मी पुन, पुनम पाईजा, सुकु लामा (पुष्पा)

डोरीतान प्रतियोगिता
संयोजक: शिवप्रसाद अधिकारी
सह–संयोजक: दीपेन्द्र पौडेल
सचिव: विनोद सुनार
सदस्य: शिवराज सुवेदी, विकास सुनार, कुमारबहादुर क्षेत्री, सुवास कडेल लगायत

झाँकी प्रतियोगिता
संयोजक: टिकाराम पंगेनी
सह–संयोजक: कृष्ण पुन
सचिव: जीवन तिवारी
सदस्य: बुद्धिमाया गुरुङ, भीमकुमारी पुन, हरिकुमार राना

एथ्लेटिक्स प्रतियोगिता
संयोजक: विष्णुहरि भुगाइ
सह–संयोजक: हरि बडुवाल
सचिव: सन्दीप सुवेदी

सांस्कृतिक कार्यक्रम
संयोजक: कृष्णप्रसाद अधिकारी
सदस्य: प्रमोद भण्डारी, जीवन तिवारी, भरत गोडार, सुर्यमाया लामिछाने रहेका छन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...