पोखरा — गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकले “गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मत रूपमा पारित गरेको छ।

विसं २०८१ चैत २२ गते दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक समितिको प्रतिवेदनसहित पुनः प्रदेश सभामा प्रस्तुत गरिएको थियो। प्रदेश सभामा दफाबार छलफल सम्पन्न भएपछि विधेयक पारित भएको जानकारी स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक ले दिएका छन्। उनले यसअघि नै विधेयक पारितका लागि सदनमा प्रस्ताव पेश गरेका थिए।
विधेयकमाथिको छलफलमा प्रदेश सभा सदस्यहरू दिलमाया पौवी, कुसुम बुढा पुन र देवका पहाडी त्रिपाठी लगायतले सहभागिता जनाएका थिए।
