पोखरा स्पोर्टस अवार्डमा आईएमई खल्तीको साथ, पिपुल्स च्वाइस अवार्डका लागि अनलाइन भोटिङ सहकार्य

पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ ।

शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

 

सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम पोखरा स्पोर्टस अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

 

 

उनले औपचारिक सम्झौताअघि नै अवार्डको प्रवद्र्धन सुरु गरिसकेको उल्लेख गर्दै पोखरा तथा आसपासका दुई दर्जनभन्दा बढी कार्यक्रमहरूमा सफलतापूर्वक सहकार्य गरिसकेको जानकारी दिए । साथै, पोखरा स्पोर्टस अवार्डको गरिमा अझ उचो बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

 

त्यस्तै, मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले आठ विधामा आयोजना हुने दशौं संस्करणमा पुनः समावेश गरिएको ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विगतका केही संस्करणमा स्थगित रहेको उक्त विधा यसपटक पुनः सञ्चालनमा आउन लागेको उनले जानकारी दिए । पाँच उत्कृष्ट खेलाडीबीच हुने प्रतिस्पर्धामा अनलाइन भोटिङमार्फत विजेता छनोट गरिनेछ।

 

पोखरा स्पोर्टस अवार्ड २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ । दशौं संस्करणअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेताले टीभीएस एनटर्क स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। उक्त पुरस्कारको प्रायोजन पोखरास्थित गुरुङ गहना घर प्रालिले गरेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।

 

दशौं पोखरा स्पोर्टस अवार्ड आगामी वैशाख १८ गते पोखरामा आयोजना हुने कार्यक्रम रहेको छ । अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...