पोउवा संघको कार्यसमितिमा नन्दकुमारीको मनोनयन

पोखरा,२ मंसिर । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा थप एकजना सदस्य मनोनित भएकी छन् ।  मनोनित हुनेमा गुडमर्निङ टे«ड सेण्टरकी प्रोपाइटर नन्दकुमारी सुवेदी ढुंगाना रहेकी छन् । संघकी अध्यक्ष शोभा गौतमले संघको विधान २०६५( पहिलो संशोधन)  २०७२ को परिच्छेद ६.१.१(ड) ले दिएको अधिकार प्रयोग गर्दै उनलाई कार्यसमितिमा मनोनित गरेकी हुन् । सो धाराले अध्यक्षलाई कार्यसमितिको सहमतिमा ४ जना सदस्य मनोनित  गर्ने अधिकार दिएको छ ।


मनोनित सदस्य नन्दक्ुमारीले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । अध्यक्ष सुवेदीले गएको असोज २८ गते साजन गिफ्ट एण्ड किचन कर्नरका प्रोपाइटर डिल्लीराज सुवेदी तथा थापा सप्लायर्सका प्रोप्राइटर  तुलबहादुर थापालाई सदस्यमा मनोनित गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...