
सो अवसरमा बोल्दै तुलाचनले सुसुप्त अवस्थामा रहेको पर्यटनलाई पुनःजागरण गराउन छुट तथा सहुलियत प्रदान गरी आन्तरिक पर्यटकहरुको आकर्षण वृद्धि गर्ने, नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवद्र्धन गरी प्रविधि तर्फ उन्मुख गराउने, बढ्दो कोभिड संक्रमणलाई न्यूनिकरण गर्न र होटल संचालन कार्यविधिमा निर्दिस्ट रहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नगद भुक्तानी कार्यलाई निरुत्साहित गर्ने अभियानको मुख्य उद्धेश्य रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै टिका रिसोर्ट प्रालिकी संचालिका संगीता पौडेलले पुरस्कार प्राप्त हुँदा गौरवको महसुस भएको भन्दै केही रुपमा भने पनि पर्यटन अगाडि बढिरहेको छ है भन्ने सन्देश पोखरा आएर पाहुनाले क्युआर कोड मार्फत् गरेको भुक्तानीले दिएको बताइन् । सो अवसरमा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
यसै गरी यस पश्चिमाञ्चल होटल संघ पोखराले विगतका वर्षहरु झै नेपाली नयाँ वर्षको अवसरमा “फेवा नव वर्ष महोत्सव” आयोजना गर्दै आइरहेको स्थितिमा कोभिड १९ को महामारीका कारण गत वर्ष र यस वर्ष गरी २ वर्ष महोत्सव आयोजना गर्न असमर्थ रहेको स्मरण पनि गराएको छ ।