गण्डकीमा सोमबार २० संक्रमितको मृत्यु, ६५३ निको भए, ७४४ नयाँ संक्रमित थपिए

पोखरा, जेठ १० गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत २० जनाको मृत्यु भएको हो । गण्डकी ११ जिल्ला मध्य सोमबार कास्कीका ३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै स्यांजाका ६ जना, पर्वतका ४ जना, बाग्लुगका ४ जना, तनहुँका २ जना, मुस्तागका १ जनाको मृत्यु भएको छ ।


यस्तै गण्डकी प्रदेशमा सोमबार ७४४ नयाँ संक्रमित थपिएका छन् । ३३० महिला र ४१४ जना पुरुष संक्रमित भएका छन् । सबैभन्दा धेरै कास्कीमा २६३ जना, तनहुँ १०४, म्याग्दीमा ३८ जना, बागलुंगमा २१ जना, गोरखामा ११ जना, लमजुगमा २३ जना, स्यांजा ८८ जना, नवलपरासीमा १३३ जना, पर्वतमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा एकै दिन ६५३ जना कोरोना सक्रमणमुक्त भएका छन् । केही दिनयता गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढेको छ ।

।गण्डकीमा अहिले सम्म संक्रमित संख्या ३५३२६ पुगेको छ । गण्डकीमा कोरोनाबाट ५५१जनाले ज्यान गुमाएका छन् । गण्डकीमा अहिलेसम्म २४४२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या १०३५५ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...