एमाले नेता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी विवादको कारक नेतृत्व तहमा रहेको समस्या भएको बताउदै त्यसका लागि पहल गर्न आग्रह गरेका छन् ।

उनले सोमबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टी जेठ २ मा फर्किने कुरा भएकाले बताउदै अव मन मिलाउने र पार्र्टी बनाउने कुरा गर्न आग्रह गरेका छन् । उनले लेखेका छन,जेठ २ मा फर्किने कुरा भो । अव मन मिलाउने र पार्टी बनाउने कुरा गरौ । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्व विचको हो ।पहल गरौ ।