तनहुँ, जेठ २९ गते । युवा परिषद तनहुँ जिल्ला अध्यक्ष रिता ढकाल र युवा समाजसेवी अमरराज सोतिको विशेष पहलमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।जिल्ला अस्पताल दमौलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभागसंगको सहकार्यमा कोभिड बिरुद्धका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।
३ थान अक्सिजन सिलिण्डर, गाउन सेट २०० थान, मास्क २००० पिस, एक्जामिनेसन (लुज) ग्लब्स २५० जोर, फेस सिल्ड १०० पिस, गम बुट १० जोर लगायत स्वास्थ्य सामाग्री नरदेवी आयुर्वेदिक अस्पताल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष शंकर पौडेल, युवा ब्यबसायी ईन्जिनियर बिबेक पौडेल लगायतको उपस्थितिमा दमौली अस्पताल ब्यबस्थापन समिति, तनहुँका अध्यक्ष प्रदिप राज अधिकारीलाई हस्तान्तरण गरिएको हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट तनहुँका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने उद्देश्य र कोरोना संकटको जोखिम न्यूनीकरण गर्न सबैले आआफ्नो ठाँउबाट सक्दो सहयोग गर्नुपर्ने युवा समितिका अध्यक्ष ढकालले बताउनुभयो ।