स्वास्थ्य मन्त्रालयको ठाडो निर्देशन खोप कार्यक्रम स्थगित, नागरिकलाई सास्ती

पोखरा, साउन ३ गते । पोखरामा आजका लागि तय भएको खोप कार्यक्रम स्थगित भएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयको ठाडो निर्देशनमा अचानक खोप कार्यक्रम स्थगित गरिएको हो । खोप लगाउन नागरिहरु विहानैदेखि खोप केन्द्रहरुमा लाइनमा बसेका थिए ।

लाइनमा बसेकाह्रुलाई खोप कार्यक्रम स्थगित भएको भन्दै फिर्ता गरिएपछि उनीह्रु आक्र्रोसित भएका थिए । पोखराका अमरसिंहचोक स्थित अमरसिंह माध्यमिक विद्यालयमा सवारी मजदुरहरुका लागि खोप लगाउने तय भएको थियो ।

 

लाइन लामो थियो एक्कासी स्थगित हुदाँ झडप हुने अवस्था सृजना भए्रको थियो प्रत्यक्षदर्शी उपेन्द्र गिरीले बताउनुभयो । उहाँले नागरिकलाई यसरी दुःख दिने गरी अचानक खोप कार्यक्रम स्थगित गनुर्् गलत हो । स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सचिवको ठाडो निर्देशनमा खोप कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...