पोखरा, साउन १६ गते ।नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ गण्डकीको अध्यक्षमा विष्णु पुन चयन भएका छन् । संघको शनिबार सम्पन्न भेलाले पुनलाई अध्यक्षमा चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा मनोज खड्का, चार उपाध्यक्षहरुमा तारा शर्मा, शान्तासिंह बस्नेत, खेम गुरुङ र हरीराज जोशी चयन भएका छन् भने महासचिवमा सन्दीप कोइराला चयन भएका छन् ।
यसैगरी संघको सचिवमा विष्णु पोखरेल र कोषाध्यक्षमा पुरुषोत्तम पौडेल चयन भएको संघले जनाएको छ । सघको सदस्यहरुमा दिपेन्द्र शर्मा, गोविन्द भुुषाल, विष्णुहरी भुगाई, श्रीकृष्ण पौडेल, दिनेश केसी, वलबहादुर सुनार(अमन), दिपेन्द्र अधिकारी, ऋषि बस्नेत, मोहम्मद जुमाल अलि चयन भउका छन भने प्रमुख सल्लाहकारमा कुञ्जनी परियार(प्यासी)लाई चयन गरेको छ ।