एकराज गिरी/पोखरा, साउन २१ गते÷ झण्डै डेढ वर्षदेखि विद्याय बन्द छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणसंगै रोकथापम र नियन्त्रणका लागि सरकारले देशमा लकडाउन घोषणा ग¥यो । २०७६ चैत ११ गतेदेखि विद्यालय बन्द छन् । विद्यार्थीहरु विद्यालय गएका छैनन् । घरबाटै अनलाईन कक्षाबाट पढन बाध्य छन् । तर पोखरा महानगरपालिकाकै एक विद्यालयमा आमाहरु विद्यालय पुगेर आफनो पढेन रहर पुरा मात्रै हैन् । कखरा र एबिसीडि लेख्न सिक्नुभएको छ । पोखरा महानगरपालिकाले विगतमा शिक्षा आर्जनबाट बञ्चित भएका महिलाहरुका लागि उपप्रमुखसग महिला अन्र्तगत शैक्षिक सहर्जता कार्यक्रम सञ्चालन गरेपछि आमाहरुले आफनो बढने धोको पुरा गर्नुभएको छ ।
बुढयौलीले अक्षर ठम्याउन् मुस्कील तर आँखा तन्काउदै क, ख, पढनुहुन्छ । महानगरपालिका भएपनि ग्रामिण क्षेत्रमा पर्ने पोखरा २२ उल्लेरीका आमाहरु क, ख रा पढन थाल्नुभएको छ । त्यति मात्रै हैन पढेर मोवाईल चलाउने एक मात्र धोको छ । सुचना र प्रविधिको युगमा सवैले मोवाईलमा कुरा गरेको देख्दा उहाँहरुलाई पनि मोवाइलमा कुरा गर्ने रहर छ । त्यसैले उमेरले ६० वर्ष नाध्नुभएकी बीरकुमारी वि.क हातमा कापी र कलम च्यापेर पढन जानुहुन्छ ।
मान्छेमा लगाब र इच्छा शक्ति भए उमेरे छेक्दैन भन्ने उदाहरण पनि दिनुभएको छ वि.कले । उबेला पढने चाहना हुदाँ समय र परिस्थितिले स्कुल पुगेर पढन पाइन उहाँले भन्नुभयो,‘बुढेसकालमा भएपनि पढने चाहना पुरा भएको छ ।’ नहेरी नाम र कखरा लेख्न सक्ने हुने इच्छा छ ६० बर्षिय सरस्वती शर्माले भन्नुभयो, ‘ नाम लेख्न जाने हुन्छ । यो कार्यक्रम सञ्चालन गर्ने महानगर र कार्यक्रम ल्याउन भुमिका खेल्ने सबौई धन्यबाद छ ।’ पोखरा–२२ उल्लेरी आमा समुहले पोखरा महानगरमा पुगेर शैक्षिक सहजता कार्यक्रम माग गरेर अहिले ३५ जना आमाहरुलाई पढने व्यवस्था गरेको आमा समुहकी अध्यक्ष शान्तिकुमारी गुरुङले बताउनुभयो । ३५ जनालाई दुई कक्षामा बाँडेर पठाउने गरेको छौ अध्यक्ष गुरुङले भन्नुभयो, ‘कखरा पढन र लेख्न जान्नेहरु र एबिसीडि पढन जान्नेहरुका लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गरेका छौ ।’ आफनो घरको काम सकेर आमाहरु कापी, कलम च्यापेर नजिकैको श्री चण्डी आधारभुत विद्यालयमा पुग्नुहुन्छ । उहाँहरु कक्षामा गुन्द्री ओछाएर पढनुहुन्छ शिक्षिका सुष्मा गिरीले भन्नुभयो,‘आमाहरुलाई पढाउन सजिलो भएको छ । उहाँहरुले मन लगाएर पढनुहुन्छ । त्यसैले बुझाउन असहज भएको छैन् ।’
उहाँहरुलाई बुझाउन सहजहोस भनेर कखग र एबिसिडि जान्नेहरुलाई छुट्टाछुट्टै कक्षा सञ्चालन गरेका छौ शिक्षिक गिरीले भन्नुभयो । दिनभरी घरको सबैका सकेर बेलुका ५ देखि ७ बजे दुई घण्टा उहाँहरुले पढन समय व्यस्थाप गदै आएको जमुना गुरुङले बताउनुभयो । तीन महिना सञ्चालन हुने शैक्षिक सहजता कार्यक्रमका लागि शिक्षकको तलब, कापी, कलमका लागि आवश्यक रकम उपप्रमुखसंग महिला कार्यक्रमबाट महानगरले उपलब्ध गराउदै आएको छ । महिलाहरुले पढन लेख्न नजान्दा धेरै समस्यामा परेका कारण उनीहरुका लागि शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । हिजोका दिनमा महिला दिदीबहिनीहरुले विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट बञ्चित भएका कारण कानूनी समस्यामा फस्ने गरेको धेरै उदाहरण उपप्रमुख भएर आएपछि थाहा पाए त्यसैले महिलाहरुलाई शिक्षाको आवश्यकता महसुस गरेर विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ ।