पोखरा, कात्तिक ३ गते । गण्कडी प्रदेशमा कोरोना संक्रमबाट थप दुई जनाको मृत्यु भएको छ । नवलपरासी जिल्ला, गैडाकोट १२ का ८५ बर्षीय कोरोना संक्रमित पुरुषको असोज ३० गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालाबाट २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड १९ संक्रमण सहित दम, न्यूमोनियाको समस्या रहेको स्वास्थ्य कार्यालय, नवलपरासीका प्रमुखबाट जानकारी प्राप्त भएको निर्देशनालयले जनाएको छ । यसैगरी प्रतिबेदन गर्न छुट भएको भन्दै असोज ३० गते पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोभिड(१९,का कारण मृत्यु हुनुभएको पोखरा महानगरपालिका ३ का ५६ बर्षीय महिलासंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको व्यहोरा अनुरोध छ