पोखरा, साउन २८ गते । पोखरा महानगरपालिकाभित्र सभा, समारोह, गोष्ठि, सेमिनार र तालिम जस्ता भिडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको छ । पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण मुल समितिको बिहिबार बसेको बैठकले आजैदेखि लागु हुने गरी भिडभाड हुने कार्यक्रमहरु रोक लगाउने निर्णय गरेको हो ।
पोखरा महानगर कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सार्वजनीक कार्यक्रमहरुमा रोक लगाउने निर्णय भएको महानगर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण मुल समितिका सदस्यसचिव किरण कोइरालाले जानकारी दिनुभयो । महानगरका उप्रमुख एवं समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले भिडभाड हुने कार्यक्रमले थप कोरोना भाइरस संक्रमण फैलने जोखिम भएकाले सरकारी तथा गैह सरकारी संघसंस्थाहरुले कुनै किसिमको तालिम, गोष्ठि, सेमिनार नगर्न नगराउनुहुन अनुरोध गरेको हो ।
त्यस्तै बैठकले जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निर्देशनलाई कार्यान्वयन गदै होटल, रेष्टुरेण्ट पार्टी प्यालेस सञ्चालन नगर्न र भौतिक दुरी कायम गरेर व्यवसायीक गतिविधि सञ्चालन गर्न पनि नगरबासीमा अनुरोध गरेको छ । महानगरले अति आवश्यक काम नपरी घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ । महानगरले कोरोना विरुद्धको खोप उमेर समुह अनुसार पयाप्त प्रवन्ध हुने भएकाले खोप केन्द्रमा भिडभाड नगर्न नगरबासीमा सबैमा अनुरोध गरेको छ ।