पोखरा, भदौ ३ गते । नेपाल मार्सल आर्टस हाप्किडो संघ कास्कीको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । बिहिबार पोखरा रंगशालामा भएको अधिवेशनले रविन गुरुङको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा उपाध्यक्षमा शितल अधिकारी र महिला उपाध्यक्षमा कृती गिरी चयन भएका छन । त्यस्तै सचिवमा दयाराज भण्डारी र कोषाध्यक्षमा पवी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी संघको कार्यसमिती सदस्यमा सुजन गुरुङ, सिता गौचन, ममता गौचन, सोनी राना मगर, होम बहादुर खडका, अजयराज भण्डारी, निसमाया गर्वुजा र गौतम सुनार निर्वाचित भएको निर्वाचन समितीका संयोजक तथा हाप्किडो संघ गण्डकीका संयोजक एम वी आस्थाले जानकारी दिए ।यस अघि अधिवेशनको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले उद्घाटन गरेका थिए । मन्त्री गुरुङले नवनिर्वाचित पदाधिकारी र कार्यसमितीका सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै मार्शल आर्टस संघ हाप्किडोका केन्द्रिय अध्यक्ष तथा साउथ एशियन हाप्किडो फेडेरेशनका अध्यक्ष काली बहादुर घर्ती मगरले हाक्किडोलाई नवौ राष्टिय खेलकुद प्रतियोगितामा सभागीता गराउन माग गरे ।उनले राखेपमा दर्ता भएर नेपालका ६५ जिल्लामा आफनो सस्था गठन भएको बताउदै राष्टिय खेलकुदमा समावेश गर्न गण्डकी प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसंग माग गरे । उनले खेलकुदलाई शहरमुखी भन्दा पनि ग्रामीण क्षेत्रमा विस्तार गनुपर्ने खाँचो औल्याए ।
हाप्किडोले सन २०२२ सम्ममा एक लाख खेलाडी उत्पादन गरी वर्ल्ड हाप्किडो च्याम्पियनशिप नेपालमा आयोजना गर्ने योजना रहेको उल्लेख गरे । प्रदेश खेलकुद परिषदका सदस्य सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा चुनौती रहेको बताउदै खेलकुदलाई प्राथमिकतामा राखेर प्रदेश अगाडी बढेको बताए ।
गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रीका स्वकिय सचिव रोनित गुरुङले नवौ राष्टिय खेलकुद प्रतियोगितामा समावेशका लागि मन्त्रालयको तर्फबाट सहयोग हुने बताए ।