पोखरा, भदौ १८ गते ।अबिरल वर्षाका कारण पर्वत जिल्लाका बिभिन्न स्थामा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुगेको छ । पर्वत कुश्मा नगरपालिका(३ दुर्लुङ भोगेनी बस्ने माधव शर्माको घर माथिबाट पहिरो आई घर पुरिदा छोरी वर्ष १६ की बिमला पौडेल, वर्ष ११ की बिनिता पौडेल र आमा वर्ष ७५ की कौशिला पौडेल, निजको श्रीमती वर्ष ३५ की भगवती पौडेल र छोरो वर्ष ९का बिनोद पौडेलको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यता पर्वत कुश्मा नगरपालिका ११ सिल्मि बस्ने मनिलाल पौडेलको घर माथिबाट पहिरो आई घर पुरीदा मोदी गाउँपालिका ७ राम्जा घर भई निज मनीलाल पौडेलको घरमा पाहुना बस्न आएका वर्ष अन्दाजी ३८ को दुर्गा पौडेल र निजको छोरा वर्ष अन्दाजी ६ को गणेश पौडेलको मृत्यु भएको । पहिरोमा परी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली खटिगई खोजीकार्य गर्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पर्वतकै मोदी गाउँपालिका ५ अम्बोटमा अबिरल वर्षाको कारण ओखलढुङ्गा सामुदायिक वनबाट आएको पहिरोले ५० वर्षकी फुलमाया थापाको जस्तापाताले बनाएको घर बगाउँदा निज फुलमाया थापा पुरिएर मृत्यु भएको छ । खबर प्राप्त हुने वित्तिकै प्रहरी टोली पुगेर थापालाई घटनास्थलबाट मृत्त अवस्थामा उद्दार गरेको जनाएको छ । त्यस्तै पर्वत कुश्मा नगरपालिका ११ पपुवा पाल्चे स्थित हरि पौडेलको घर पहिरोको कारण घर भत्किएर ३ जनाको पुरिएर मृत्यु भएको छ ।
श्रीमती वर्ष ४० की माया कुमारी पौडेल र निजको छोरा वर्ष ३ को प्रयुस पौडेललाई मृत अवस्थामा प्रहरीले उद्दार गरेको र वर्ष ७० की डल्ली पाध्या पौडेल हालसम्म पनि बेपत्ता रहेको र खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ । साथै अबिरल वर्षाको कारण पहिरो झर्दा पोखरा–कुश्मा सडक खण्ड अवरोध भएको तथा अन्य क्षतिको बिबरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले पोखराले जनाएको छ ।