काँग्रेसको वडा अधिवेशन विवादमा, पोखरा १७ मा संस्थापन पक्षले एकलौटि गरेको आरोप

पोखरा, भदौ १८ गते ।प्रजातान्त्रिक पार्र्टीको दावी गर्ने नेपाली काँग्रेको १४ औ वडा अधिवेशनमा अलोकतान्त्रिक प्रक्रिया अलम्वन गरिएपछि महाधिवेशनको प्रक्रियाको सुरुवातमै विवादित बनेको छ । काँग्रेसका वडा अधिवेनमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लागेपछि विवादमा परेको छ ।


कास्कीमा काँग्रेसका वडाहरुको शुक्रबार भएको छ । अधिवेशन अन्र्तगत पोखरा महानगरपालिका वडा नम्वर १७ मा काँग्रेस संस्थापन पक्षले एकलौटी रुपमा कब्जा गरेको आरोप क्रियासिल सदस्यले लगाएका छन् । निर्वाचनमा कोहीपनि क्रियाशिल सदस्यलाई उम्मेदवारी दिनबाट बञ्चित गरिएको क्रियाशिल सदस्य हिमाल खड्काले सफल न्यूजलाई बताए । उनले विहान दश तिस बजे तोकिएको कार्यक्रम साँझ पाँच बजे सुरु गरेको बताउदै भने, आज अधिवेशन भएपनि हिजोनै कोठे भेला गरेर ५६ जना क्षेत्रीय प्रतिनिधि र ३० जना वडा समिति सहित ८६ जनाको नाम तयार पारेर ल्याएको आरोप लगाएका छन् ।

 

उनका अनुसार निर्वाचमा कोहि पनि क्रियाशिले समयतालिका सार्वजनीक गरेर मतदान स्थलबाट भागेको आरोप समेत लगाए । उनले उम्मेदवारी फारम वितरण नगरी नगरीकन खल्तीबाट अघिल्लो रात तयार पारिएको नाम लिष्ट सार्वजनीक गरियो उनले भने, ‘सहभागीले उम्मेदवारी फारम माग्दा अधिवेशन स्थलबाट बाहिर निकालीयो । प्रजातान्त्रिक पद्धति बोकेको पार्टीको गुण्डा शैलीमा अविधेशन गरियो’ खड्काले आक्र्रोश पोखे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...