सभामुखले देखाए गुरिल्ला शैली ,संसद बैठकमै सफेद झुट बोल्दै मर्यादा भुले,माइक काटे,

काठमाडौं । अग्नीप्रसाद सापकोटाले संसद बैठकमा आफ्नो मर्यादा भुलेका छन् । सापकोटाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा जनयुद्धकालिन गुरिल्ला शैली देखाउँदै सत्तारुण दलको नेता र नेतृत्वको आदेश पालक बनेको प्रष्ट पारेका छन् ।

सभामुख सापकोटाले आजको बैठकमा संसदको सवैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुको नारावाजीबीच बैठक संचालन मात्र गरेनन् । सभामुख सापकोटाले संसारको अगाडी पटक पटक सफेद झुट समेत बोले ।
बैठकमा सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ फिर्ताका लागि प्रस्ताव गर्न अनुमति दिँदा सुवालले प्रस्ताव पेश गर्ने बातावरण नभएको र प्रमुख प्रतिपक्षको नारावाजी रहेकोले बातावरण बनाएपछि पेश गर्ने बताउनु भयो ।

तर सभामुखले सुवालले प्रस्ताव फिर्ता लिएको बताए । सभामुखको सो भनाईको सुवालले कडा प्रतिवाद गर्नुभयो । तर सभामुख सापकोटाले पेले, नैतिकता भुले ।

सभामुख सापकोटाले आजकै बैठकमा राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ फिर्ता लिनका लागि सांसद प्रेमसुवालले राख्नुभएको प्रस्ताव बारे बोल्नका लागि कुनै समय नै तोकेनन् । सुवालले प्रस्ताव राख्नका लागि बाताबरण नभएको बताएसँगै सभामुख सापकोटाले आफैले नतोकेको समयसमेत तोकेको उर्दी जारी गरी माइक काट्ने काम गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...