दुई सय पदयात्रा मजदुरलाई अल्पकालिन रोजगारी

पोखरा, असोज ८ गते । पदयात्रा मजदुहरुलाई दश दिनेको लागि रोजगार कार्यक्रम सुरु भएको छ । टेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम सुरु गरिएको हो ।


कार्यक्रम अनुसार २०० जना पदयात्रा मजदुरहरुलाई १० दिनको लागी रोजगार कार्यक्रम अन्र्तगत पहिलो चरणमा शुक्रबार नौडाँडा,कास्कीकोट सराङकोट मेथलाङ जरेवर पदमार्ग मर्मत संम्भार तथा सरसफाईका लागि ३० जना पदयात्रा मजदुरहरुलाई संलग्न गराईे शुभारम्भ गरिएको छ।

टे«किङ्ग एजेन्सी एशोसिएशन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको संयुक्त कोष र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको जीबिकोपार्जन पुनरुत्थानका लागी पर्यटन परियोजना अन्तर्गत कोभिड १९ को असरका कारण रोजागारी गुमाएका पदयात्रा श्रमिकहरुलाई अल्पकालिन रोजगार प्रदान गर्ने र पदयात्रा पदमार्गहरुको मर्मत सम्भार गरि पदयात्रा व्यबसायलाई चलायामान गराउने उदेश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो ।

नेपालको पर्यटन बिकासको लागी पदयात्रा पदमार्गहरुको महत्व उच्च रहेको हुदाँ यस परियोजना अन्र्तगत पदमार्गहरुको मर्मतसम्भार तथा सरसफाई गर्न लागीएको र सेप्टेम्वर २७ मा रहेको बिश्व पर्यटन दिवस, कास्कीकोट पदमार्गमा बिभिन्न देशका कुटनैतिक नियोगका प्रतिनिधीहरु सहित पदयात्रा गराई मनाउइने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाल पर्यटन बोड ,गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, पोखरा महानगर पालिका वडा नम्बर २४ का वडाअध्यक्ष ओम सुबेदी लगायलतले कोरोना भाइरसका कारण पर्यटन धेरै लामो समय प्रभावित बनेको बताउदै यसलाई चलाएमान बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...