पोखरा विमानस्थल निर्माणको काम ८४ प्रतिशत

पोखरा, असोज १४ गते । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सम्पन्न भएको छ । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकमीले विमानस्थल निर्माणको काम हालसम्म ८४ प्रतिशत सकिएको बताउनुभयो । उनका अनुसार विमानस्थलको पेरीफेरी रोडको ७० प्रतिशत र विमानस्थल वरीपरीको नाला निर्माण कार्य ९० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

विमानस्थलको काम मध्ये टर्मिनल एटिसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएका छन् भने ती भवनको रंगरोगन तथा ईलेक्ट्रिक जडान कार्य भइरहेको आयोजना प्रमुख मनंकमीले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका कामहरु सम्पन्न भइसकेको बताउनुभयो । उहाँले विमानस्थलको लाइटिङ, एक्सेस रोड, कार पार्किङ, तारवार लगाउने काम सम्पन्न भएको जानकारी गराउनुभयो ।

पोखरा विमानस्थल निर्माणको रुटमा पर्ने रिठठेपानी डाँडा कटान गर्नुपर्ने भएपनि कडानमा ढिलाई भएको उहाँले बताउनुभयो । पुरक इआईए गर्नुपर्ने भएका कारण सरकारी वन कटान हुन नसक्दा ढिलाई भएको तर नीजि तर्फको भने कटान भैरहेको बताउनुभयो । त्यस्तै पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साईडको विकल्प नदिदाँ बैकल्पिक ल्याण्डफिल्ड साईड बनाउन नसक्दा समयमै सञ्चालन गर्न समस्या हुने उहाँको भनाई थियो ।नेपाल आयल निगमले तेल भण्डार गर्ने डिपो निर्माणको कार्य ठोस रुपमा अगाडी नबढेका कारण समस्याका रुपम रहेको बताउनुभयो ।

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल ईञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (ईपिसी) मोडलमा अन्र्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण भइरहेको छ । यसमा न्यारोवडीका १९० सिटे विमानहरु उडान तथा अवतरण हुनेछन् । २२ अर्बको लगानीमा निर्माण भइरहेको पोखरा विमानस्थल १० जुलाई २०२२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले निर्माण गरिरहेको छ । यसअघी १० जुलाई २०२१ मै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण निर्माणमा ढिलाई भएपछि एक वर्ष म्याद थपिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...