काठमाडौं, असोज १४ गते । संवैधानि नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ रोक्ने सर्वोच्च अदालतका अन्तरिम आदेशविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइको पेशी तोकिएको हो । गत भदौ ३० गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।
प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न् माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले दायर गर्नुभएको मुद्दामा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।