पोखरा, कात्तिक १३ गते ।कोरोना संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १३ की ३६ वषिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कात्तिक ५ गते कोरोना भाइरस संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्दको आइसियुमा भर्ना हुनुभएको थियो । उहाँको बुधबार राती ११ बजे उपचारकै क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा उहाँ २० औ व्यक्ति रहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।