पोखरा, कात्तिक १३ गते । गण्डकी प्रदेशमा नयाँ १२ जना संक्रमितहरु थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १२ जना संक्रमित थपिएका हुन् ।
सबै संक्रमितहरु कन्ट्याक्ट टेसिङबाट पहिचान हुनुभएको हो । सबै संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।