पोखरा, असोज ३१ गते । बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा सहित प्रदेशका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।
आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले पोखरामा सवारी साधनको केही चाप बढेको छ । दसैँमा सुनसान प्रायःबनेको पोखरा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।
सरकारी कार्यालय खुलेपनि सेवाग्राही नआउदाँ सुनसान जस्तै देखिएका छन । दशैँ अझै बाँकी रहेकाले सेवाग्राहीको चहलपहल कार्यालयहरुमा नदेखिएको बताइएको छ । पोखरा महानगरपालिकामा सेवाग्राही फाट्टफुट्ट आएका देखिन्थे भने अन्य कार्यालयमा पनि चहलपहल देखिएन । पूर्णिमा सम्म टिका लाउने परम्परा रहेको छ ।