पोखरा, कार्तिक ३ गते । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत रहेको पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक निकै जिर्ण भएकाले सडक स्तरोउन्नती गर्ने बताउनुभएको छ । पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालय देखि बिशाल महादेवको मुर्ति स्थलसम्म जाने बाटो तत्काल मर्मत गर्न चौतर्फी दबाब आएकोले उक्त सडक स्तरोन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले बताउनुभएको हो ।
पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढलेपिपल टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा आयोजना गरेको नेपालीहरुको महान चार्ड पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको विशाल महादेवको मुर्ति प्रदेशको गौरवको योजनामा रहेको र पुम्दीकोट क्षेत्रमा दैनिक २÷३ हजार पर्यटक जान थालेकोले सडकको अबस्था निकै जिर्ण छ त्यसलाई प्रदेश सरकारले स्तरोउन्नती गर्छ भन्नुभयो ।
पुम्दीकोटमा आउने आन्तरिक पर्यटकले सडकको बारेमा गुनासो गरेको भन्दै मन्त्री बरालले आफ्नो क्षेत्र मात्र नभई स्वदेश तथा विदेशबाट समेत पर्यटकहरु आउने भएकोले सडक पूर्वाधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । सिद्धार्थ राजमार्गमा पर्ने तिलाहार देखि वडा कार्यालयसम्म पिच भएकोले बाँकी कच्ची सडक पिच गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मन्त्री बरालको पहलमा छोरेपाटन देखि शान्ति स्तुपासम्म हाल पिच सडक निर्माण भएको छ भने शान्ति स्तुपा हुदै लुकुश्वाँरा, कालाबाङ घरेडी, काबे्र, उल्लेरी ढाडा हुदै कुभिण्डेसम्म सडक निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउदै आउनु भएको छ । छोरेपाटन देखि फुर्सेखोला हुदै कुभिण्डेसम्म पनि उत्तिकै महत्व रहेकोले विकासको प्रमुख आवश्यकताको आधारमा प्रथामिकता दिदै जाने योजना रहेको मन्त्री बरालले जनाउनुभयो ।
काग्र्रेंस नेता एवं शिक्षासेवी खेमराज पौडेलले चुनौती सामना गरेर पार्टी प्रति बफादार भई पार्टीको विचारमा अडिग रहदै निरन्तर लागेका कारण आज आफ्नै गाँउलेलाई मन्त्रीको रुपमा स्वागत तथा सम्मान गर्न पाउदा निकै खुसि लागेको बताउनु भयो ।
ढलेपिपल टोल विकास संस्थाका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र पोखरा २२ वडा कमिटिका अध्यक्ष चण्डकीकाप्रसाद बराल, पुम्दीकोट युवा क्लवका सहसचिव पवन बि.क., पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष नरहरी बराल, सचिव राजु बराल लगायतले मन्त्री बरालाई पोखरा २२ को विकासमा ध्यान दिन आग्रह गदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।