स्वास्थ्य सेवालाईअपाङ्गता समावेशी बनाउन सरोकारवालाहरुको जोड

राषट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा भएको “अपाङ्गता भएका ब्यक्तिरहुको स्वास्थ्य र पुनर्स्थापना तथा प्रादेशिक स्वास्थ्य नीतिमा सवाल समाबेश” सम्बन्धीअन्तरक्रिया” कार्यक्रमका सहभागीहरुले स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी बनाउनु पर्ने कुरामाजोड दिएका छन।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयको तर्फबाट प्रस्तुतिकरण राख्दै कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यवस्थापन केन्द्र गण्डकी प्रदेशका निरिकक्षक लक्ष्मण बस्यौलाले बिभिन्न नितिले स्वास्थ्य सेवा प्रवाहामालाईअपाङ्गता समावेशीबनाउनुपर्नेमा जोड दिएको भएता पनि प्रयाप्त बजेट र जनशक्तिको अभाव रहेको जनाउँदै  अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यको कार्यक्रमका लागी संघ र प्रदेश सरकारले बजेट बिनियोजन नगरेको समेत जानकारी गराउनु भयो।

राषट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यलयको तर्फबाट प्रस्तुतिकरण राख्दै अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्तिहरुको सिघ्र पहिचानको लागी जनशक्ति र अस्पतालहरु क्षमता बिकास गर्नुपर्ने, सहायक सामाग्री बितरण गर्दा नापचाँच गरी प्रयोग सम्वन्धी तालिम सहित बितरण गर्नुपर्ने, बिभिन्न थेरापी सेवाहरुउपलवध गराउनुपर्ने, नियमित जाँच परामर्श र औषधिहरु निशुल्क उपलव्ध गराउनुपर्ने, अत्यावस्यक औषघि (फ्याक्टर) नियमित आपुर्ति गर्नुपर्ने, तत्काल चाहीने मनोपरामर्श सेवा, रेफरल सेवा सरकारले उपलव्ध गराउनु पर्ने कुरामा जोड दिनुका साथै स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी गराउन पहुँचयुक्त संरचान (सुचान प्रणाली, भवनहरु युनिभर्षल डिजाईनमा निर्माण, बहीरा अपाङ्गता भएका व्यक्तिहरुको लागी दोभाषेको ब्यवस्था, अस्पतालका बेडहरु सोही बमोजिम निरमाण) स्वास्थ्य कर्मचारीहरुको ब्यवहार, अपाङ्गता सहायता कक्ष (हेल्प देक्स) लगायतका बिषयहरुमा जोड दिनुपर्ने बताउनु भयो।

वहाले सरकार र स्वास्थ्य संस्थाहरुमा समेत अपाङ्गता सेवाग्राहीहरुको यकिन तथ्याङ्क नभएकोले सेवा प्रवाहामा समस्या सिर्जाना भएको जनाउँदै अवको स्वास्थ्य प्रणालीमा भौतिक संरचना र सुविधाहरूमापहुँचयुक्तता, पुनर्स्थापना सेवाको वर्गीकरण, मानवस्रोतको वर्गीकरण, पालिकाको बार्षिक बजेट रकार्यक्रममा अपाङ्गता पहिचान र पुनर्स्थापनालाइ अनिवार्य, विभिन्न तहमा चाहीने मानवस्रोतकोनक्साङ्कन र मानवस्रोत विकासको लागि बजेट र कार्यक्रम, घर-घरमा सेवा पुर्याउने रणनीति,अपाङ्गता भएका व्यक्तिका स्वास्थ्यसम्बन्धी विशिष्ट आवश्यकताको लागि स्वास्थ्य बिमासेवा, सहायक सामग्री वितरणको लागिस्थानीय स्वास्थ्य संस्थालाइ जिम्मेवार, सिघ्र पहिचान र रेफरल सेवा, प्रदेशमा विशिष्टिकृत सेवा सहितकोपुनर्स्थापना केन्द्र, कृतृम अंग व्यवस्थापन केन्द्र स्थापना, थेरापी सेवालाइ जिल्ला अस्पताल रस्थानीय स्वास्थ्य संस्था मार्फत उपलब्ध गराउने, नियम, कानुन, निर्देशिकामा अभिमुखीकरण, अपाङ्गता सम्बन्धी सचेतना, अस्पतालमा अपाङ्गता सहयोग कक्षको स्थापना वा सामाजिक सेवा इकाइको क्षमता विकास, अटिजम, बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता, श्रवणदृष्टिवहीन, बहु अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गताभएका व्यक्तिहरू सेवा लिन आउँदा भोग्नुपर्ने समस्या, गलत व्यवहार र चुनौति दुरगर्न स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाकाकर्मचारीलाइसचेतना, तालिम, अभिप्रेरणा रअनुगमन जस्ता कार्य गर्न सके अपाङ्गता भएका व्यक्तिहरुलेदूःख पउनु नपर्ने धारणा राख्नुभएको थियो।

कार्यक्रमको अतिथिको रुपमा उपस्थिह हुनुभइका पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा भरत बहादुर खत्रीले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गरेर उपचारमा सहजिकरण गर्न सकिने बताउँदै अस्पतालले सञ्चालन गरिरहेको सामाजिक सेवा इकाईलाफ अझै प्रभावकारी बनाउँदै लगिने र अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या भए आफुहरु सहजिकरण गर्न तयार रहेको बताउनु भयो।

प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमूख रमेश अधिकारीले प्रदेश स्वास्थ्य तालिम केन्द्रले सञ्चालन गर्ने तालिमरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्ने गरी तालिमहरु सञ्चालन गर्ने बताउनु भयो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खडकाले अपाङ्गता भएका व्यक्तिहरुको लागी योजना निर्माण गर्न यकिन तथ्याङ्कको अभाव रहेको र त्यस्कालागी मिलेर काम गर्नुपर्ने बताउँदै हाल प्रदेशले निर्माण गरिरहेको स्वास्थ्य नितिमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेस गर्न आफुले मन्त्रालयमा आवस्यक छलफल गर्ने जनाउँदै स्वास्थ्य नितिले समेटन नसकेका बिषयहरु सम्वोधन गर्न अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालहरु सम्वोधन गर्न छुट्ठै रणनिति बनाएर काम गर्न आफुहरु तयार रहेको समेत जानकारी गराउनु भयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रदेश निति तथा योजना आयोगका सदस्य माया तिम्सिनाले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यको बिषय आफुलाई नयाँ भएको र उठेका बिषयहरु सम्वोधनका लागी आफुले पहल गर्ने प्रतिवधता व्यक्त गर्नुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...