पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन । पोखरा–१४ नहरचोकमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई डेढ लाख रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
भारतको मोतिहारी त्रुकौलिया थाना घर भएका ईम्ताजया आलमले नहर चोकमा जग्गा भाडामा लिई बनाएको ब्लकको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद एक लाख ५६ हजार ३९५ र १ बुक ताससहित पक्राउ गरिएका उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण :-
- जिल्ला पाल्पा स्थायी घर भई हाल जिल्ला कास्की पोखराम.न.पा. १० नहरचोक बस्ने वर्ष ३२ को विद बहादुरदंगाला,
- जिल्ला पर्वत स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने वर्ष ६० को लोक बहादुर क्षेत्री,
- जिल्लाबाग्लुङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० अन्नपूर्ण टोल बस्ने वर्ष ३० को विष्णु वि.क.,
- जिल्ला मकवानपुर घर भई हाल जिल्ला कास्की पोखराम.न.पा. १० नहरचोक बस्ने वर्ष २९ को मधु वि.क.,
- जिल्ला बारा घर भई हाल जिल्ला कास्की पोखराम.न.पा. १० नहरचोक बस्ने वर्ष ४० को अब्दुलमनान,
- देश भारत घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने वर्ष २५ को इम्तिहाज आलम ।
थप जानकारीको लागि
प्रवक्ता/ सूचना अधिकारी
प्र.ना.उ. सुवास हमाल
सम्पर्क नं. ९८५६०३५५१२